विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
आजको सचिवालय बैठकमा पार्टी अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेश गर्नुहुने छ । मंसिर ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले तयारीका लागि केही समय आवश्यक पर्ने बताएपछि छुट्टै प्रतिवेदन ल्याउन १० दिनको समय दिने निर्णय भएको थियो ।
सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमा उठाइएका प्रश्नहरुको जवाफसहित अध्यक्ष ओलीले छुट्टै प्रतिवेदन तयार पर्नुभएको थियो । आजको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेश गरेपछि दुवै प्रतिवेदन मिलाएर साझा प्रतिवेदन बनाउने सम्भावना खोजी हुने सम्भावना छ ।