सीमा नाका खुल्ला गरिदिन माग

विराटनगर । युथ युनिटी अफ नेपालले रानी भन्सार नाकाबाट आवतजावत सहजीकरण गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

युथ युनिटीले बुधबार जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएका हुन । कोरोना महामारीका कारण गत चैत्र ११ गतेदेखि बन्द अवस्थामा रहेको अन्तराष्ट्रिय सीमाका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको ज्ञापन पत्रमा उल्लेख छ । यसले जनताको शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र सामाजिक तथा आर्थिक क्षेत्रहरु समेत प्रभावित बनेको संस्थाका कोषाध्यक्ष तनवीर खानले बताउनुभयो ।

जनताको जीवनलाई थप कष्टगर हुन नदिई व्यवस्थित ढङ्गले सीमा क्षेत्र खुला गरि सहजीकरण गरिदिन युवाहरुले माग गरेका छन् ।

मंसिर १०, २०७७, साँझको ०७:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर