विराटनगर विमानस्थल अब यस्तो बन्ने

विराटनगर । विराटनगर विमानस्थल विस्तार गरी अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्नका लागि नेपाल सरकारले जग्गा अधिग्रहण गर्ने स्वीकृति दिएसँगै धेरैलाई अब विराटनगर विमानस्थल कस्तो बन्छ भन्ने कौतुहलता थपिएको छ ।

अब बन्ने विराटनगर विमानस्थलको टर्मिनल भवनसहितको आकर्षक डिजाइन सार्वजनिक भएको छ । सरकारले विराटनगर बिमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ३ हजार मिटरको धावन मार्ग बनाउने योजना छ । उक्त परियोजना नागरिक उड्डयन प्राधिकरण, प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाले लागत साझेदारीमा अगाडि बढाउने सम्झौता भइसकेको छ ।

सार्वजनिक भएको उक्त स्केचमा हाल टर्मिनल भवन रहेको स्थानमा ट्याक्सवे निर्माण हुनेछ भने रनवे हालको ट्याक्सवेमा निर्माण हुनेछ । टर्मिनल भवन भने हालको विमानस्थलको टर्मिनल भवनदेखि उत्तरतिर निर्माण हुनेछ ।

बुधबार, १० मंसिर, २०७७, साँझको ०७:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर