विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा टाउकोको शल्यक्रिया गरेपछि मृत्यु भउका युवकको अन्तिम संस्कार गर्नेबेला पेट चिरेको देखिएपछि चिताबाट शव उठाइएको छ ।
अस्पतालले टाउकोको शल्यक्रियापछि मृत्यु भएका उनको शव केराबारीमा लगेर अन्तिम संस्कार गर्न चितामा राखेपछि पेट चिरेको देखिएको थियो । त्यसपछि आफन्तले शव उठाएर पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेका छन् ।
टाउकोको शल्यक्रियाका क्रममा मृत्यु भएका केराबारी गाउँपालिका–९ बेलचौरीका ३० वर्षीय बिक्की ऋषिदेवको पेटमा पाँच टाँका लगाएको भेटिएको छ । अति विपन्न परिवारका बिक्कीलाई स्थानीयले चन्दा उठाएर नोबेलमा उपचारको लागि भर्ना गरेकोमा शुक्रबार उनको टाउकोको शल्यक्रिया भएको थियो ।
शल्यक्रियापछि शनिबार नै उनको मृत्यु भएकोमा अस्पतालले पैसा सबै नतिरेसम्म शव नदिने भन्दै तीन दिनसम्म रोकेर राखेको थियो । स्थानीयले पुनः चन्दा उठाएर उपचार खर्च दिएपछि सोमबार साँझ मृतकको लिएर आफन्त केराबारी पुगेका थिए । राति करिब ८ बजे चितामा राखेर आगो लगाउनुअघि कपडा खोल्दा पेटमा प्वाल देखिएको स्थानीय राम कार्कीले जानकारी दिनुभयो ।
नाइटो नजिकै पेटमा पाँच टाँका लगाएको देखिएपछि स्थानीय र आफन्तले शवको अन्त्येष्टि नगरी राति १२ बजे चिताबाट उठाएर पोष्टमार्टमका लागि शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगेका हुन् ।
स्थानीयले शंका गर्दै पोष्टमार्टम गर्नुपर्ने बताएपछि राति नै शव अस्पतालसम्म पुर्याइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । स्थानीयले घटना शंकास्पद भएकोले छानविन हुनुपर्ने बताएका छन् ।
बिक्कीको टाउकोको शल्यक्रिया गर्दा १ लाख ८२ हजार २ सय रुपैयाँको बिल नोबेलले उठाएको थियो । सो रमकमध्ये ५८ हजार रुपैयाँ सरकारको विपन्न नागरिक सहायता कोषबाट र बाँकी रकम चन्दा उठाएर तिरेको कार्कीले जानकारी दिनुभयो ।
गरिब र असाहयको निःशुल्क उपचार गरिरहेको प्रचार गर्ने नोबेलले अतिविपन्न विकि ऋषिदेवको उपचार खर्चमा छुट दिन ईन्कार गर्दै शव नै बन्धक बनाएको थियो । स्थानीयको सहयोगमा रकम बुझाएर अन्तिम शव लगेपछि संस्कार गर्नलाग्दा पेट चिरेको देखिएपछि पोष्र्टमार्टमको तयारी गरिएको मृतकका आफन्त सुमन ऋषिदेवले जानकारी दिनुभयो ।
सम्पादक ज्यु नमस्कार
तपाइले सम्प्रेसण गरेको समाचारले सहि सन्देस दियेको छैन।यो कुराको वास्तविकता थाहा पाउनु भयो भने तपाईं आफै लाई लाज लाग्ने छ।म एक चिकित्सकको नाताले के भन्दछु भने गम्भीर चोट वा अरु कारण ले मस्तिष्क सुन्निनगै बिरामी को अबस्था झन जटिल हुने गर्दछ त्यो अबस्थामा टाउकोको अप्रेसन गर्नु को कारण मस्तिक अझै सुन्नियेर टाउको भित्र प्रेसर उत्पन्न नहोस र अरु क्षति नहोस र बिरामिको प्राण बचोस भन्न को लागि हो। यो खाल को अप्रेसन लाई Decompressive craniectomy अर्थात ( प्रेसर कम गर्नको लागि टाउकोको हड्डी निकाली मस्तिष्क को प्रेसर कम गर्नु ) यो अप्रेसन गरि सके पछि र बिरामी को मस्तिष्क सुन्निन छोडिसके पछि निकालियेको टाउकोको हड्डिलाइ कुनै औषधि वा पेटको भित्ता (Anterior Abdominal wall) को सुरक्षाको लागि निकालियेको हड्डि वा कुनै प्रकारको बनावटी हड्डि सिमेन्ट वा धातु पुन टाउको मा राख्नु पर्ने हुन्छ जस्ले गर्दा निकालियेको हड्डिको उचित ब्यबस्थापन को लागि पेटको भित्ता (Anterior Abdominal wall) मा राखियेको हुन सक्छ। त्य्सैले आम नागरिकहरु लाई भ्रम मा पार्नु भन्दा सत्य कुरा जानकारी दिनुहोस।
यो बिसयमा हामी पनि त्यति राम्रो जानकार नभएको हुदा र मेडिकल sop विसयमा राम्रो जानकार नभएको हुदा सतय तथ्य के हो भन्ने कुरा जनतालाई
स्पष्ट पारिदिनु भए ढुक्क हुने थिईम