जनस्वास्थ्य अधिकृतसहित दुई संक्रमितको मृत्यु

विराटनगर । विराटनगर र धरानमा शनिबार राति दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना जनस्वास्थ्य अधिकृतसमेत छन् ।

कोरोना भाइरसको संक्रमणपछि विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत स्वास्थ्यकर्मी गौरीशंकर देवको निधन भएको हो ।

सिरहाको कल्याणपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुखका रुपमा कार्यरत जनस्वास्थ्य अधिकृत देवको शनिबार राति निधन भएको अस्पतालले जनाएको छ । उनलाई १७ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।

आइसियुमा राखेर उपचार भइरहेकोमा उनको मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिनुभयो । विगत ३० वर्षदेखि स्वास्थ्य सेवामा कार्यरत ५४ वर्षीय देवको नेपाल स्वास्थ्यकर्मी युनियनका सचिब थिए ।

उत सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित झापाको मेचीनगर–४ बाहुनडाँगीका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको शनिबार राति मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

मृतककमा मंसिर १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचारका लागि मंसिर ३ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएको एक सातापछि उनको मृत्यु भएको हो ।

आइतबार, ०७ मंसिर, २०७७, बिहानको ११:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर