विराटनगर । नेपाल भारत सीमा बन्द भएपनि किनमेलका लागि दैनिक हजारौं नेपाली उपभोक्ताहरु भारतीय बजार जोगबनी पुग्ने गरेको पाईएपछि सीमा क्षेत्रमा थप कडाई गरिएको छ ।
बिहीबार हाम्रोमत दैनिकले सीमा बन्द राख्ने सरकारको निर्णय कागजमै सीमित नामक समाचार प्रकाशन गरेको थियो । बिहीबारदेखि सीमा क्षेत्रमा थप प्रहरी परिचालन गर्दै कडाई गरिएको छ । सीमा क्षेत्रमा पर्याप्त सुरक्षाकर्मी नहुँदा चाडपर्वको अवसर पारेर दिनहुँ हजारौं नेपाली उपभोक्ता भारतीय बजार जोगबनीदेखि फारबिसगञ्जसम्म पुग्ने गरेका थिए ।
पर्याप्त सुरक्षाकर्मीको अभावमा सीमाबाट अवैध तस्करी समेत बढ्दै गएको थियो । कोरोना संक्रमणको दर न्यूनीकरणका लागी सरकारले गत चैत्र ११ देखि भारतीय सीमाहरु बन्द राखेको छ । यद्यपि विराटनगरस्थित रानीबाट भारत प्रवेश गर्ने मुख्यद्वार बन्द हुँदा पनि विभिन्न चोरबाटो हुँदै दिनहुँ हजारौं नेपाली उपभोक्ता भारतीय बजार पुगेर किनमेल गरेर फर्किने गरेका थिए ।
बिहान हुने बित्तिकै विराटनगरको दक्षिण गेट, दशगजा क्षेत्र, दरैया बस्ती र ईस्लामपुरबाट दिनहुँ ठूलो संख्यामा नेपाली उपभोक्ता भारतीय बजार पुग्ने गरेका थिए । तर बिहीबारदेखि प्रहरीले सीमा क्षेत्रमा विशेष निगरानी तथा कडाई गरेपछि अहिले सीमा क्षेत्रमा आवतजावत सुनसान छ ।
विराटनगरसँग सीमा जोडिएको क्षेत्रमा बिहीबारदेखि १५ प्रहरी जनशक्ति थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताउनुभयो । मोरङमा भने भारतसँग सीमा जोडिएको ६३ किलोमिटर खुल्ला सीमाना रहेको छ ।
50 Rupia ma bikx parhari t ksri rokinx tskari