गोल्छाको स्मृति दिवशमा पुष्पार्पण

विराटनगर । उद्योग संगठन मोरङका पूर्व अध्यक्ष महेन्द्र गोल्छाको ११ औं स्मृति दिवशमा मंगलबार उहाँको शालिकमा पुष्पार्पण गरिएको छ । उद्योग संगठन मोरंगको हाता भित्र अवस्थित स्व. गोल्छाको शालिकमा उद्योग संगठन, मोरंगका अध्यक्ष भीम घिमिरे, पूर्व अध्यक्ष सुशिल धनावत, दिनेश गोल्छा, लगायत पदाधिकारी एवं संगठनका कार्यकरिणी समिति सदस्यहरुले पुष्पार्पण गर्नुभएको हो ।

११ औं स्मृतिमा संगठनका अध्यक्ष भीम घिमिरेले स्व. महेन्द्र गोल्छा असल अभिभावक र प्रेरणा दिने व्यत्तित्व भएको स्मरण गर्दै उहाँको विचार र आदर्शलाई उच्च सम्मान गर्नुपर्ने बताउनुभयो ।

गोल्छा औद्योगिक क्षेत्रको समस्या समाधानमा सदैव चिन्तनशील रही निजी क्षेत्रको भूमिका स्थापित गराउन स्वर्गीय गोल्छाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

११ औं स्मृतिमा विराटनगर अशोक चोक स्थित विराटेश्वर वृद्ध आश्रम रहनु भएका ५५ जना वृद्ध वृद्धाहरुका साथ सहभोजको समेत गरिएको थियो ।

संगठनका निवर्तमान अध्यक्ष मुकेश उपाध्याय, पूर्व अध्यक्ष सुशिल धनावत, दिनेश गोल्छा, वरिष्ठ उपाध्यक्ष सुयष प्याकुरेल, उपाध्यक्ष राकेश सुराना, कोषाध्यक्ष नन्दकिशोर राठी, कार्यकारिणी समिति सदस्य सुरेन्द्र गोल्छा, सुवोध कोइराला, विपिन कावरा, ईन्द्र खत्री, विनोद पौडेललगायतको उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।

 

मङ्गलबार, ०२ मंसिर, २०७७, दिउँसोको ०१:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर