विराटनगर । कोरोना संक्रमणबाट मंगलबार मोरङ मिक्लाजुङकी ७५ वर्षे महिलाको मृत्यु भएको छ ।
उपचारको क्रममा सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उहाँको मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक ८ गतेदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत उहाँको मंसिर १ गते राति मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।