विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ५७८ डिस्चार्ज भएका छन् ।
यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ११, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, विराट सामुदायिक भवनबाट ७, मारवाडी सेवा सदन आईसोलेसन र कालिसदन आईसोलेसन विराटनगरबाट ४–४, पथरी नगर अस्पताल र बैजनाथपुर आईसोलेसनबाट २–२, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँ, न्युरो अस्पताल, नोवेल अस्पताल र वि.जेनरल अस्पताल हरिनगरबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म प्रदेशमा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १६ हजार ४१८ पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा १८९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७०, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा २–२, इलाम, ते¥हथुम र भोजपुर १–१ र प्रदेश १ बाहिरका ९ जना रहेका छन् ।
मोरङको विराटनगरमा ३७, उर्लाबारीमा ११, मिक्लाजुङमा १०, पथरीशनिश्चरे र बेलबारीमा ३–३, सुनबर्षीमा २, धनपालथान, सुन्दरहरैचा, रंगेली र लेटाङमा १–१, झापाको दमकमा २०, विर्तामोडमा १३, गौरादहमा ११, कनकाईमा ५, भद्रपुरमा ३, हल्दिबारी, कमल र झापा गाउँपालिकामा २–२, अर्जुनधारा र मेचीनगरमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको धरानमा २६, इटहरीमा ६, बराहक्षेत्र र कोशी गाउँपालिकामा ३–३, इनरुवामा २ र रामधुनीमा १, ताप्लेजुङको मैवाखोला र फुङलिङमा १–१, खोटाङको हलेसी तुवाचुङमा २, उदयपुरमा २, इलामको माईजोगमाईमा १, ते¥हथुममा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ७० पुगेको छ ।
प्रदेशमा बिहीबार ८४७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७५ हजार ६४९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।