विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको आगामी साधारणसभाको लागि विराटनगरका उद्योगी राजेन्द्र राउतले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
मंसिर ११, १२ र १३ गते हुन गईरहेको साधारणसभामा हुने निर्वाचन कार्यक्रमको लागि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का उपाध्यक्ष राउतले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको हो ।
मोरङ व्यापार संघका पूर्व वरिष्ठ उपाध्यक्ष रहनुभएका राउतले महासंघको प्रदेशको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ । मोरङ व्यापार संघको तर्फबाट उमेदवार हुनुभएका राउत विभिन्न उद्योग व्यवसायमा संलग्न हुनका साथै सामाजिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ ।
राउतको राउत कन्ट्रक्सन, अन्नपूर्ण सिमेन्ट, सांग्रिला चप्पलसहितका उद्योगहरु सञ्चालनमा छन् ।