विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध बालिका खड्का नाम गरेकी महिलाले आफ्नो श्रीमान भएको दावीसहित अंशमुद्दा दायर गरेपछि मुख्यमन्त्रीले आपूm विरुद्ध षड्यन्त्र भइरहेको प्रतिक्रिया दिनुभयो । सुनसरीको इटहरीमा शुक्रबार प्रेस संगठन नेपालको प्रदेशभेलामा आफू विरुद्ध षड्यन्त्र गर्न गिरोह नै सक्रिय रहेको र करोडौं खर्च गरेर आपूmलाई फसाउने प्रयास भइरहेको मुख्यमन्त्रीले बताउनुभयो ।
कार्यक्रममा भाबुक रुपमा पेश हुनुभएका मुख्यमन्त्रीले आपूmमाथि निरन्तर पार्टीभित्रकै केही व्यक्तिले षड्यन्त्र गरिरहेको भन्दै त्यसको खोजी गरिदिन आह्वान पनि गर्नुभएको थियो । त्यसबारे पार्टीमा नामै किटेर उजुरी दिएको उहाँले बताएपनि षड्यन्त्रकारीबारे थप जानकारी दिनुभएको थिएन ।
सानै उमेरमा राजनीतिक उचाइ चुम्दै प्रदेशको मुख्यमन्त्री बन्न सफल हुनुभएका शेरधन राई अविवाहित हुनुहुन्छ । विवाहको तयारीमा रहेको बताउँने उहाँलाई बारम्बार दोलखा घर भएकी बालिका खड्का नाम गरेकी युवतीले तनाब दिने गरेकी छन् । आफ्नो बद्नामी र चरित्रहत्या गर्न तथा फसाउन एउटा गिरोह नै संलग्न रहेको मुख्यमन्त्रीको दावी छ ।
को हुन् बालिका ?
यसअघि मुख्यमन्त्रीले आपूmमाथि दुव्र्यबहार गरेको र विवाह गर्ने बचन दिएर धोका दिएको आरोप लगाउने बालिका खड्का तत्कालिन युवासंघ नेपालकी केन्द्रीय सदस्य हुन् । प्रधानमन्त्री केपी ओलीको सविबालयमा अधिकृत तहमा रहेको बेला नै उनले तत्कालिन युवा संघका इन्चार्ज एवम् सञ्चारमन्त्री हुनुभएका राईलाई हैरानी दिएकी थिइन् ।
मुख्यमन्त्री राईले त्यहि बेला त्यसबारे पार्टीमा जानकारी दिएपछि बालिकालाई सचिबालयबाट र युवासंघबाट पनि हटाइएको थियो । बालिकाले पटक–पटक गरेर ७ पृष्ठ लामो मोवाइल म्यासेज पठाएपछि तत्कालै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, पार्टी अनुशासन आयोगका तात्कालिन प्रमुख अमृतकुमार बोहोरालाई त्ययसबारे जानकारी दिनुभएको थियो । उहाँले तात्कालिन नेकपा एमालेका सांसद कृपासुर शेर्पाको डिजाइनमा षड्यन्त्र भएको उजुरी दिनुभएको थियो । त्यस विषयमा छानविन भई बालिका नै दोषी रहेको निष्कर्श पार्टीले निकालेको थियो ।
कृपाशुरको षड्यन्त्रः मुख्यमन्त्री
भन्सारका नायव सुब्बा कृपाशुर शेर्पालाई राईले नै २०५६ सालमा पार्टीमा भित्र्याउनुभएको थियो । अथाह सम्पति भएका शेर्पा नेताहरुलाई प्रभाबमा पारेर २०७० सालमा सांसदसमेत बन्न सफल भए । त्यसपछि मन्त्रीसमेत भएका शेर्पाको पुरानो सम्बन्धबाट जन्मिएको छोरालाई नागरिकता नदिएको र हेला गरेको भन्ने विषय सार्वजनिक भएपछि पमदमुक्त भएका थिए । त्यहि बेलादेखि राईविरुद्ध शेर्पाले षड्यन्त्र सुरु गरेको मुख्यमन्त्रीको दावी रहँदै आएको छ ।
आफूविरुद्ध षड्यन्त्र भएको कुरा सञ्चारमन्त्रीसमेत रहनुभएका राईले नेपाल टेलिकमको कल ट्रेसको आधारमा पत्ता लगाउनुभएको थियो । बालिका र कृपाशुरबीच निरन्तर कुराकानी हुनेगरेको देखिएको र बालिकालाई उनले नै परिचालन गरेको राईको दावी थियो । शुक्रबार इटहरीमा षड्यन्त्रकारी गिरोह भनेर नाम उल्लेख नगरेपनि उहाँले शेर्पातर्फ नै संकेत गर्नुभएको बुझिन्थ्यो ।
के गरेकी थिइन् बालिकाले ?
मुख्यमन्त्रीलाई बालिकाले पठाएको ७ पेज लामो एसएमएसहरु अस्वाभाविक र अपत्यारिला थिए । उनले आफूलाई जवानी लागेको भन्दै एसएमएस पठाउँथिन् । ‘आफूलाई त जवानी लाग्यो, कोही कोहीलाई बुढेसकाल’ बालिकाले यो एसएमएस १४ जुन २०१६ मा राईलाई पठाएकी थिइन् । उनले विभिन्न ६ वटा मोबाइलबाट राईलाई फोन र एसएमएस गरेकी थिइन् ।
युवा संघका तत्कालिन नेताहरुका अुनसार बालिकाले आफूलाई शेर्पाले ७ लाख रुपैयाँ दिने भनेर राईको पछि लाग्न अह्राएको यसअघि बताउने गरेकी थिइन् । एक वर्षसम्मको अनुसन्धान र उनको नियत प्रष्ट भएपछि संघले उनलाई कारवाही गरेको युवासंघका तत्धकालिन अध्यक्ष राजीव पहारीले बताउनुभयो ।
किन पछि लागे कृपाशुर ?
कृपासुरले पार्टीले तोके बमोजिमको सहयोग नगरेकोले राईसँग सम्बन्ध बिग्रिएको एकथरीले बताउने गरेका छन् । तर, मुख्यकारण छोराको प्रकरण राईले नै उचालेको शेर्पाको बुझाईले काम गरेको थियो । विवादित प्रकरणमा मन्त्री पद गुमेपछि उनी राई विरुद्ध खनिएको दावी गरिन्छ ।
कृपासुरका पीडित छोरा गणेशले पार्टीको भोजपुर सचिब र पछि केन्द्रीय सदस्य हुनुभएका राईसँग न्यायको लागि बारम्बार अनुरोध गरेका थिए । सो विषय शेर्पा मन्त्री हुँदा बाहिर आएपछि शेर्पाको मन्त्री पदमात्र होइन राजनीति नै ओरालो लाग्यो । त्यसकै बदला लिन उनी बारम्बार आप्mनो विरुद्ध लागिरहेको मुख्यमन्त्री राईको बुझाई छ ।
मुख्यमन्त्री राईले इटहरीको कार्यक्रममा आफूलाई मार्ने षड्यन्त्रसमेत भएको दावी गर्नुभयो । चुनाबी अभियानको क्रममा भोपजुरमा भएको बम र गोली प्रहारको घटना विप्लब समूहले गरेको मानिएको थियो । तर, मुख्यमन्त्रीको अनुसार त्यो आक्रमण पनि त्यही ‘षड्यन्त्रकारी गिरोह’कै हो ।
सिआईबीमा पुगिसकेको घटना
पार्टीले कारबाही गरेपछि पनि बालिकाले दुःख दिन नछाडेपछि राईले सिआईबीमा पनि उजुरी दिनुभएको थियो । काठमाडौंकौ हात्तीगौंडास्थित राईको डेरामै पुगेर ती युवतीले हैरान पारेपछि सिआईबी गुहार्नुभएका उहाँलाई सीआइबीका तत्कालि प्रमुख नवराज सिलवालले उनलाई पक्राउ गर्दा उल्टै अनावश्यक चर्चा हुने भन्दै चुपचाप बस्न सुझाव दिनुभएको थियो । तर, त्यसयता पनि लगातार मुख्यमन्त्री विरुद्ध बालिकाले मिडियाबाजी गर्दै आएकी थिइन् ।
यसबीमा उनले राष्ट्रपति, नेकपाका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री केपी ओली र अन्य नेताहरुको निवासको गेटमा पुगेर राई विरुद्ध बोल्दै आएकी थिइन् । तर, पहिले नै सुल्झिसकेको विषय भएकोले नेताहरुले वास्ता नगरेपछि उनले मुद्दा हालेर अर्को विवाद खडा गरेकी हुन् ।
विवादकै कारण मन्त्रीपद गुमाएका शेर्पा
कृपासुर शेर्पाले दलित महिलामाथि दुराचार गरेर जन्मिएको छोरालाई नागरिकता नदिएको विषय बाहिर आएपछि पार्टीभित्रै कार्वाहीको माग उठेको थियो । तर, धुम्बाराहीमा आफ्नो सम्पत्तिमा पार्टी कार्यालय राखेर शेर्पाले नेतृत्वलाई प्रभावमा राखेर कार्वाहीबाट बचेको नेताहरु बताउँछन् ।
पदको पहुँच देखाउँदै शेर्पाले छोरा बुहारीलाई नै गोलीले उडाइदिने धम्की दिएर गौशाला प्रहरीमा पनि थुनाएका थिए । तर, उनी कार्वाहीमा परेनन् । चौतर्फी दबाबमा उनले छोराको नागरिकता भने बनाईदिए ।
आरोपबारे शेर्पा भन्छन्….
यो प्रकरणबारे शेर्पाले अदालतमा पुगिसकेको मुद्दा भएकोले आपूmले धेरै प्रतिक्रिया नदिने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘जसले अँगार खान्छ, उसले कालो हग्नुपर्छ । यो प्रकरणमा मेरो कुनै संलग्नता छैन ।’ बालिकासँग आफ्नो कुनै सरोकार नरहेको पनि उहाँले दावी गर्नुभयो ।
बिना प्रमाण आरोपकै भरमा अदालतले मुद्दा हेर्छ? बिना सहमति केटा वा केटी एकजना मात्रको उपस्थितिमा बिवाह दर्ता हुन्छ? यो झिना विषयबारे पनि प्परष्त्रट्कायाऔंन महोदय ।