मोरङमा १२ घण्टाभित्र १० जना कोरोना संक्रमितको मृत्यु

विराटनगर । मोरङमा पछिल्लो २४ घण्टामा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

सोमबार रातिदेखि मंगलबार विहानसम्म विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचारका क्रममा र होम आइसोलेनमा उनीहरुको मृत्यु भएको हो।

आठ जनाको विराटनगरस्थित विभिन्न कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने दुई जनाको होम आइसोलेसनमा मृत्यु भएको छ । विराटनगरको नोबेल अस्पतालमा ५ जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २ जना, न्युरो अस्पतालमा १ जना र होम आइसोलेसनमा दुई जनाको मृत्यु भएको हो ।

मंगलबार विहान ८ः३० बजे नोबेलमा झापाको गौरादह–५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ। कोरोना पोजिटिभ देखिएपछि उनलाई कात्तिक १३ गते अस्पताल भर्ना गरिएको गरिएको थियो । मृतकमा श्वासप्रश्वासको समस्या थियो ।

नोबेलमै तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको विहान ८ः२० अस्पतालमा मृत्यु भएको थियो। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक २२ गते आइसोलेसनमा भर्ना गरिएको थियो।

झापाको झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्ध पुरुषको नोबेलमै ५ः४५ बजे मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि उनलाई कात्तिक १५ गते उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो।

यसैगरि मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्ध पुरुषको बिहान ६ः३० बजेतिर नोबेलमै मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि २२ गते अस्पताल भर्ना गरिएका उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो।

उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको पनि नोबेलमा मृत्यु भएको छ। कोरोना रिपोर्ट पोजिटिभ आएपछि कात्तिक २२ गते भर्ना गरिएका उनको बिहान ५ः३० बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ६९ वर्षीया वृद्धा महिलाको मंगलबार बिहान मृत्यु भएको छ। सुनसरीको इटहरी–५ की वृद्धाको बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । कात्तिक १३ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनई अस्पताल भर्ना गरिएको थियो।

त्यस्तै विराटनगर–३ का ७७ वर्षीय वृद्ध पुरुषको पनि कोशी कोभिडमै मृत्यु भएको छ। वृद्धको मृत्यु बिहान ७ः३० बजेतिर भएको हो। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो।

विराटनगरको न्युरो अस्पतालमा उपचाररत मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको सोमबार राति ९ः५० बजेतिर मृत्यु भएको छ। निमोनियाको समस्या रहेका पुरुषलाई उपचारका लागि कात्तिक २१ गते अस्पताल भर्ना गरिएकोमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो ।

मोरङकै सुन्दरहरैँचा–७ की ७७ वर्षीया वृद्धा महिलाको आफ्नै घरमा मृत्यु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजिटिभ आएको थियो। कोरोना पुष्टि भएको २४ घण्टा पनि बित्न नपाउँदै उनको मंगलबार बिहान ७ बजेतिर मृत्यु भएको हो ।

विराटनगर ३ का ८९ वर्षीय संक्रमित पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । कोरोना संक्रमणपछि घरमै रहेका उनको सोमबार राति मृत्यु भएको हो ।

मृतकहरुमा ज्वरो, निमोनिया, श्वासप्रश्वास, उच्च रक्तचाप, फोक्सो, मृगौला र मुटु सम्बन्धी पुरानै समस्या रहेको अस्पतालहरुले जनाएका छन्।

मङ्गलबार, २५ कार्तिक, २०७७, दिउँसोको १२:१३ बजे

प्रतिक्रिया

  1. Hospital मा ९ जानाको मृत्यू हुदा घरमा १ जाना त्यसैले सकेसम्म अस्पताल ( मुर्दाघर) मा नगइ घरमै अक्सिजन सिलिन्डरको ब्यवस्था गरि उपचार गर्नु पर्छ अब !! अस्पतालमा उपचार हैन लुट्ने काम मात्र हुन्छ । कसैले बिमारी छुदैन , खान पनि दिदैन ,, लास्टमा खान नि नपाइ ज्यान जान्छ !!

  2. Hospital मा ९ जानाको मृत्यू हुदा घरमा १ जाना त्यसैले सकेसम्म अस्पताल ( मुर्दाघर) मा नगइ घरमै अक्सिजन सिलिन्डरको ब्यवस्था गरि उपचार गर्नु पर्छ अब !! अस्पतालमा उपचार हैन लुट्ने काम मात्र हुन्छ । कसैले बिमारी छुदैन , खान पनि दिदैन ,, लास्टमा खान नि नपाइ ज्यान जान्छ !!

प्रतिक्रिया:

सम्बन्धित खवर