तिहारमा देउसीभैलो खेल्न नपाइने

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले मंसिर ६ गतेसम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले तिहामरमा देउसीभैलो खेल्न नपाउने प्राबधानसहित सोमबारदेखि मंसिर ६ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो ।

कोरोना संक्रमणको जोखिम बढिरहेकोले प्रशासनले निषेधाज्ञा जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० वमोजिम निषेधाज्ञा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।

जिल्लाभर देउसी, भैलो खेल्नलाई पनि निषेध गरिएको छ । यस्तै, तराईमा मनाइने छठ पर्वलाई पनि सार्वजनिक रुपमा नदी, तलाउ तथा पोखरीहरुमा मनाउन प्रशासनले रोक लगाएको छ ।

‘कोरोना महामारीको कारण समूहमा तिहारमा खेलिने देउसीभैलोमा रोक लगाएको हो’ सहायक प्रजिअ पोखरेलले भन्नुभयो, ‘छठ पर्वलाई पनि नदी, तलाउ, पोखरी, नहरतिर भिडभाड गरेर मनाउन पाइदैन ।’ प्रशासनले मेला तथा जात्रा, शुभकामना आदनप्रदानका कार्यक्रम र राजनीतिक दलका कार्यक्रममा पनि रोक लगाएको छ ।

कार्तिक २३, २०७७, साँझको ०६:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर