विराटनगर । मोरङका प्रहरीले कोरोना संक्रमितको उपचारको लागि संक्रमित भई निको भएका प्रहरीको रक्तदान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको प्राङ्गणमा शनिबार नेपाल रेडक्रस सोसाईटी विराटनगरको ब्यबस्थापनमा प्लाज्मा थेरापीको लागि कोरोना संक्रमणमुक्त भएर १८ जना प्रहरीले रक्तदान गरेका हुन् ।
कोभिड १९ संक्रमण महामारीलाई मध्यनजर गर्दै संक्रमणको उपचारको लागि प्लाजमा थेरापी गर्न आवश्यक रगत दान गरिएको मोरङ प्रहरीले जनाएको छ । सो अवसरमा संक्रमण मुक्त भएको ४० दिन नकटेका १८ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए ।