अवैध सालको काठसहित दुई जना पक्राउ

विराटनगर । मोरङको बेलबारी नगरपालिकाबाट अवैध सालको काठसहित दुई जना पक्राउ परेका छन् ।

लोहन्द्रा खोलाको ढिलबाट अवैध काठसहित बेलबारी १ का ३३ वर्षीय रामसर चौधरी र सोही ठाउँका ५५ वर्षीय शिवकुमार मगर पक्राउ परेका हुन् ।

उनीहरूलाई सब डिभिजन वन कार्यालय बेलबारी र सलकपुरले ५८ क्युफिट अवैध काठसहित पक्राउ गरेको साहयक वन अधिकृत दिपेशकुमार मिश्रले जानकारी दिनुभयो । लोहन्द्रा खोलामा बगाएर ल्याएको अवैध काठ उनीहरूले निकालेपछि चिरानी गरेको अवस्थामा ५४ क्युफिट साल र ४ क्युफिट बाटधमेरोको काठ पनि वन कार्यालयका टोलीले पक्राउ गरेको सवडिभिजन वन कार्यालय बेलबारीका सहायक वन अधिकृत मिश्रले जानकारी दिनुभयो ।

पक्राउ परेका प्रतिवादीहरूले खोलाले बगाएर ल्याएको काठ भएकोले झिकेर घर निर्माणको प्रयोजनको लागि प्रयोग गर्न लागेको बयान दिएका छन् । पक्राउ परेका दुबै जनालाई वन कार्यालयले शुक्रबार मोरङ अदालतमा ‘अवैध काठ चिरान ओसारपसार’ मुद्दामा ७ दिनको म्याद थप गरि अनुुसन्धान सुरु गरेको सहायक वन अधिकृत मिश्राले जानकारी दिनुभयो ।

कार्तिक २२, २०७७, साँझको ०६:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर