विराटनगर । कोरोना भाइरसको संक्रमणबाट सुनसरीको धरान उपमहानगरपालिकामा थप दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान–९ बस्ने ६७ वर्षीया र वडा नं १६ की ८१ वर्षीया महिला छन् ।
उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार साँझ मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मधुमेह र मानसिक समस्या रहेकी धरान–९ की महिलालाई कात्तिक १८ गते कोभिड अस्पताल भर्ना गरिएकोमा कात्तिक १९ गते कोरोना पुष्टि भएको थियो ।
यसैगरी धरान–१६ की महिलालाई कात्तिक १९ गते कोरोना पुष्टि भएपछि कात्तिक २० गते कोभिड अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापको समस्याबाट पीडित उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा शनिबार बिहान २ बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।
धरानमा कोरोना संक्रमणबाट हालसम्म ६८ जनाको मृत्यु भएको छ भने सुनसरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ ।