पुष्पलाल मित्रता केन्द्र गठन

इटहरी । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठका वैचारिक एवं राजनीतिक नीतिहरुको प्रचार गर्ने र समाजवादी आन्दोलनमा सहयोग गर्ने उद्देश्यले पुष्पलाल मित्रलाल केन्द्र गठन भएको छ ।

सुनसरीको इटहरीमा आइतबार भएको प्रदेशस्तरीय भेलाबाट भाष्कर काफ्लेको अध्यक्षतामा ३५ सदस्यीय प्रदेश कमिटि गठन भएको हो ।

केन्द्रका केन्द्रीय अध्यक्ष जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यतामा भएको भेलाले उपाध्यक्षमा इन्द्र वुढाथोकी र सचिवमा मोतीराज सुनुवारलाई चयन गरेको छ । केन्द्रमा १ नम्बर प्रदेशभरीका कम्युनिष्ट राजनीतिमा लागेका नेताहरुलाई समेटिएको बताइएको छ ।

कम्युनिष्ट संस्थापक नेता पुष्पलाल श्रेष्ठलाई राष्ट्र, समाज र जनताले सबेैले सम्मान गर्दै श्रेष्ठको मागदर्शनमा सदैव अघि बढ्नुपर्ने केन्द्रले जनाएको छ । पारदर्शीता र सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न, नागरिक अधिकारहरुको प्रवद्र्धन र रक्षा गर्दै सम्रग राष्ट्रको हितमा केन्द्र अघि बढ्ने अध्यक्ष खतिवडाले बताउनुभयो ।

अब मुलुकको सांगठनिक संरचना अनुसार जिल्ला, महानगर, उपमहानगर, नगर तथा गाउँ तहमा केन्द्र गठन गरिने बताइएको छ । केन्द्र गत वर्ष स्थापना भएको राजनीतिक व्यक्तिहरुको सामाजिक संस्था भएको अध्यक्ष खतिवडाले बताउनुभयो ।

सोमबार, १९ फागुन, २०७६, बिहानको ०८:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर