विराटनगरमा दुई जना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ ।

झापाको शिवसताक्षी–६ की २६ वर्षीया महिला र सुनसरीको दुहबीकी ६८ वार्षीया महिलाको मृत्यु भएको हो।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि झापाकी महिलालाई उपचारका लागि कात्तिक १५ गते नोबेलमा भर्ना गरिएको थियो । महिलाको शनिबार बिहान ३ बजेतिर मृत्यु भएको हो ।

त्यस्तै सुनसरीको दुहवी–९ की ६८ वर्षीया वृद्धा महिलाको उपचारका क्रममा नोबेलमै शुक्रबार राति मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि वृद्धालाई अस्पताल भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा राति ९ बजेतिर मृत्यु भएको हो ।

शनिबार, २२ कार्तिक, २०७७, बिहानको ०९:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर