विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
उदयपुरको कटारीका १४ वर्षीय बालकको शुक्रबार बिहान ९ः५० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।
विराटनगरको नोबेल शिक्षण अस्पतालले रेफर गरेपछि बालकलाई कात्तिक १६ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । बालकमा कात्तिक १२ गते कोरोना देखिएको थियो ।
त्यस्तै सुनसरीको धरान–१२ की ७८ वर्षीया वृद्धा महिलाको पनि उपचारका क्रममा बिहीबार राति ११ बजेतिर प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको छ । वृद्धामा बिहीबार नै कोरोना पुष्टि भएको थियो ।