काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट अवस्था गम्भीर भएपछि चर्चित कलाकार मनोज गजुरेललाई आइसियूमा भर्ना सारिएको छ ।
संक्रमणपछि होम आइसोलेसनमा रहेको अवस्थामा स्वास्थ्य गम्भीर भएपछि गजुरेललाई सशस्त्र प्रहरीको अस्पताल बलम्बुको आइसियूमा भर्ना गरिएको हो ।
अस्पतालका अनुसार बुधबार भर्ना हुनुभएका उहाँलाई बिहीवार आइसियूमा राखेर उपचार भइरहेको छ । गजुरेलमा कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने गर्दा आफूमा कोरोना संक्रमण भएको अनुमान गजुरेलले गर्नुभएको थियो ।