विराटनगरमा दुई संक्रमित महिलाको मृत्यु

विराटनगर । कोरोना भाइरस संक्रमणका कारण विराटनगरमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान धनकुटाकी ३२ वर्षीया महिलाको कोशी कोभिड उपचार केन्द्रमा र विराटनगरकी ५१ वर्षीया महिलाको न्युरो कोभिड अस्पतालमा मृत्यु भएको हो ।

धनकुटा–४ की महिलाको कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रमा बिहान ८ः१५ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । बिहीबार कोरोना पुष्टि भएपछि उनलाई साँझ उपचारका लागि भर्ना गरिएको थियो ।

यस्तै विराटनगर–७ की ५१ वर्षीया महिलाको उपचारका क्रममा न्युरो कोभिड अस्पतालमा मृत्यु भएको छ । अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार बिहान ८ बजेतिर महिलाको मृत्यु भएको हो ।

कोरोना संक्रमणपछि गत बुधबार महिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

शुक्रबार, २१ कार्तिक, २०७७, बिहानको १०:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर