विराटनगर । नौ वार्षीय बालिकासहित सुनसरीका दुई जना कोरोना संक्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार बिहान मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका ६ कि ९ वर्षीया बालिका र धरान उपमहानगरपालिका १ कि ६१ वर्षीया वृद्धा महिला छन् ।
इटहरी–६ की बालिकाकोे बुधबार बिहान ३ः२५ बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो । बालिकालाई गत सोमबार कोरोना पुष्टि भएपछि मंगलबार उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
त्यस्तै धरान –१ की ६१ वर्षीया वृद्धा महिलाको पनि प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । डा. श्रेष्ठका अनुसार उच्च रक्तचाप लगायतको समस्या रहेकी वृद्धालाई असोज ३० गते कोरोना पुष्टि भएकोमा कात्तिक ५ गते प्रतिष्ठान भर्ना गरिएको थियो ।
उनको उपचारकै क्रममा बुधबार बिहान ३ः१५ बजेतिर मृत्यु भएको हो ।