छोरीको हत्या गरेका बावु ११ वर्षपछि पक्राउ

विराटनगर । ३ महिनाको छोरीलाई हत्या गरि फरार भएका बावु ११ वर्षपछि सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

‘कर्तव्य ज्यान मुद्दाका’ फरार अभियुक्त सुनसरीको साविक नरसिंह गाविस ४ का ५१ बर्षीय बुनिया भनिने करिम मियाँलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मियाँले २०६६ साल मंसिर २२ गते आफ्नै ३ महिनाकी छोरी दिलसाह मियाँको घाँटी थिची हत्या गरेका थिए ।

माईतीघरमा नै बस्दै आएकी कान्छी श्रीमतीलाई लिन भनी ससुराल गएका करिमले बाटोमा फर्कने क्रममा श्रीमतीसंग बादबिबाद भए संगै आमा छोरीलाई नै कुटपीट गर्नुका साथै घाँटी थिचेर बेहोस अवस्थामा केरावारीमा फालिदिएका थिए । केही समय पश्चाच श्रीमती अजिरन खातुन होशमा आएको तथा नावालक छोरीको मृत्यु भएको भनी मंसिर २३ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दर्ता गरेकी थिईन् ।

जाहेरी दर्ता गरेकै दिन देखि नै फरार रहेका करिमलाई घटना भएको ११ बर्ष पछी २०७७ कार्तिक १७ गते पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कानूनी प्रकृया अगाडी बढाएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्र कुमार कार्कीले जानकारी दिनुभयो ।

कार्तिक १८, २०७७, साँझको ०६:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर