जबरजस्ती करणीको आरोपमा ३ पक्राउ

विराटनगर । जबरजस्ती करणीको आरोपमा ३ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका–३ बस्ने २१ बर्षीय सुमन भनिने सुकमान तामाङ, ५० बर्षीय चक्र बहादुर चौधरी र ग्रामथान गाउँपालिका–२ का ४० बर्षीय जुमेश सरदार रहेका छन् । गत कात्तिक १३ गते बेलबारी–१ स्थित अमाना सिसौलीको जङ्गलमा १४ बर्षीय एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बेलबारीका सुमन र चक्रबहादुरलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । बेलबारी–३ स्थित आफ्नै घरमा लुकेर बसिरहेको अवस्थामा कात्र्तिक १४ गते साँझको करिब ६ बजे उनीहरु पक्राउ परेका हुन ।

यस्तै मोरङको ग्रामथान गाउँपालिका–१ की २१ बर्षीय एक किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ग्रामथान–२ का जुमेश सरदारलाई पक्राउ गरेको हो । कात्तिक १५ गते शनिबार दिनको करिब ३ बजे ग्रामथान–२ स्थित झोराहाटबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डि.एस.पी मानबहादुर राईले जानकारी दिनुभयो ।

उनीहरुमाथि जिल्ला अदालत मोरङबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाईएको मोरङ प्रहरीले जनाएको छ ।

 

मङ्गलबार, १८ कार्तिक, २०७७, दिउँसोको ०२:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर