टिपर दुर्घटनामा चालकको मृत्यु

विराटनगर । संखुवासभाको मकालु गाउँपालिका–५ मा भएको टिपर दुर्घटनामा परि चालकको मृत्यु भएको छ ।

दुर्घटनामा परि सिमरा जितपुर उप–महानगरपालिका बस्ने ३६ बर्षीय समबहादुर योन्जन तामाङको मृत्यु भएको हो । उनी सोही स्थानमा निर्माणाधिन अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत कामदार थिए । आईतबार राती करिब ११ बजेको समयमा फाक्सिन्दा दोभानबाट बालुवा लिई फर्किदै गरेको अवस्थामा ना ८ ख ४९९५ नम्बरको टिपर अचानक दुर्घटना भई रोड देखि करिब ४०० मिटर तल अरुण नदिको किनारमा खस्दा टिपर चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

मङ्गलबार, १८ कार्तिक, २०७७, दिउँसोको ०१:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर