विराटनगर । पैसा लिएर आफ्नै हजुरबुवाले मदिरा पिउन नातिनीलाई परपुरूषको जिम्मा लगाउछन भन्ने कसले कल्पना गरेको हुन्छ र ? त्यो पनि जवरजस्ती करणीको लागि । यस्तै नसोचेको घटना भएको छ, बिहीबार साझ मोरङको बेलबारी नगरपालिकामा ।
मदिरा सेवन गर्न बेलबारी– ३ का २६ वर्षिय सुमन तामाङ्गले सोही ठाउँका पीडित बालिकाको हजूरबुवालाई पैसाँ दिन्छन् र १३ वर्षिय नातीनिलाई जवरजस्ती करणाी गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।
इलका प्रहरी कार्यालय बेलबारीले बलत्कार गरेको आरोपमा तामाङ्गलाई र पैसा लिएर नातिनि सुम्पिने हजुरबुवालाई पनि पक्राउ गरेको छ । हजुरबुवाले पैसा लिएपछि तामाङ्गले कार्तिक १३ गते बालिकालाई जवरजस्ती करणाी गरेको आरोप छ ।
बेलबारीस्थित मामाघरमा बस्दै आएकी बालिकाको हजुरबुवाले बलत्कार आरोपमा पक्राउ परेका तामाङ्गसँग कति पैसा लिए, त्यो भने अहिले खुलिनसकेको इप्रका बेलबारीका प्रमुख प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । अहिले अनुसन्धानको क्रममा रहेकोले त्यो पछि खुल्ने उहाँले बताउनुभयो । ‘मदिरा सेवनको लत परेका बालिकाको हजूरबुवाले त्यसदिन पनि मदिरा पिउन पैसाँ लिएपछि नातिनिलाई सुमनलाई घुमाउन लैजा भन्दै पठाइदिएको रहेछन,’ इप्रका बेलबारीका प्रमुख ढकालले भन्नुभयो, ‘दिनभरी बालिकालाई घुमाएर साझ तिर तामाङ्गले बालिकालाई जवरजस्ती करणाी गरिएको पाइयो ।’
पक्राउ परेका तामाङ्गले जवरजस्ती करणी गरेको पीडित बालिकालले माइजुलाई सुनाएपछि इप्रका बेलबारीमा उजुरी दिएका थिए । ती बालिकाको आमा काठमाण्डौंमा बस्दै आएकोले उनी लोमो समययतादेखि मामाघरमा बस्दै आएकी थिइन् । पीडितले दिएको उजुरीको आधारमा पक्राउ गर अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बालिकाको हजूरबुवा र तामाङ्गलाई पक्राउ गरि मोरङ अदालतमा आइतबार जवरजस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको छ । घटना भएको २४ घण्टा बित्न नपाउँदै इप्रका बेलबारीका प्रमुख प्रहरी निरीक्षक ढकालको कमाण्डमा खटिएको प्रहरी टोलीले कार्तिक १४ गते तामाङ्गलाई पक्राउ गरेको हो । घटना घटाएपछि उनी फरार थिए । प्रहरीले तामाङ्गलाई पुरानो बेलबारी बजारबाट पक्राउ गरेको हो ।
अपाङ्गता भएकी बालिकालाई बलात्कार आरोपमा पक्राउ
मोरङको ग्रामथान गाउँपाकिला स्थित एक जना अपाङ्गता भएकी एक जना बालिकालाई बलत्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
प्रहरीले बलत्कार आरोपमा ग्रामथान गाउँपालिका १ का ४० वर्षिय जुवेस सरदारलाई पक्राउ गरेको हो । गत शुक्रबार दिउँसो अपाङ्गता भएका बालिकाको आफन्त कोही नभएको मौका छोपी सरदारले जवरजस्ती करणाी गरेको आरोप छ ।