सिंघीया सरसफाइलाई निरन्तरता

विराटनगर । सिंघीया खोलाको सफाई अभियान, हामी सबैको सान भन्ने मुल नाराका साथ सुरु भएको सिंघीया खोला संरक्षण तथा सरसफाई अभियानले निरन्तरता पाएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको अगुवाईमा शनिबार विराटनगर–१ शान्तिचौकको दुर्गा पञ्चायन मन्दिरदेखि विराटनगर–२ स्थित धनावत बिडी फ्याक्ट्रीसम्मको क्षेत्रमा सिंघिया खोलाको सरसफाई गरिएको छ ।

नेपालको समृद्धि एवं आर्थिक विकासको आधार बनिसकेको जलसम्पदाहरु पछिल्लो समय दुषित र फोहोर थुपार्ने स्थलको रुपमा विकसित हुँदै गईरहकोले सिंघीयासँग जोडिएका मोरङ्गका ५ वटा स्थानीय तहसँगको सहकार्य र साझेदारीमा सरसफाई अभियान चलिरहेको छ । अभियानको पहिलो चरणमा विराटनगरको घिनाघाटदेखि नोबेल डेरीचौक, दोश्रो चरणमा नोबेल डेरी चौकदेखि विजयपुर टोल, तेस्रो चरणमो विजयपुर टोलदेखि परोपकार घाट र चौथो चरणमा परोपकार घाटदेखि शान्ति चौकको दुर्गा पञ्चायन मन्दिरसम्मको क्षेत्रमा नदीको सरसफाई गरिएको थियो ।

सरसफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा परिवर्तनका लागि हातेमालोकोे संयुक्त सहकार्य र साझेदारी रहेको छ । बजेदेखि सिंघीया नदिको सरसफाई सुरु गरिएको थियो ।

चैत १ गते विराटनगर २ स्थित धनावत बिडी फ्याक्ट्रीदेखि छैठौं चरणको सरसफाई हुने मन्त्रालयले जनाएको छ ।

आइतबार, १८ फागुन, २०७६, रातीको ०८:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर