विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका बिरामी र कुरूवालाई निःशुल्क खाना खुवाउने कार्यक्रम तीन साता संचालन गरेपछि शनिबारदेखि सम्पन्न भएकोे छ ।
लायन्स तथा लियाे क्लब अफ बिराटनगर हेल्थ प्राेफेसनले २१ दिनसम्म बिरामी र कुरूवालाई खाना खुवाउने कार्यक्रम संचालन गरेपछि दशैं प्रवेश गरेपछि बन्द गरिएको हो । क्लबले दैनिक अस्पतालका १ सयभन्दा बढीलाई निःशुल्क खाना खुवाउँदै आएको थियो । क्लबले मानवीय सेवा अन्तरग रहेर बिरामी र कुरुवालाई खुवाउँदै आएको खाना शनिबारदेखि हाललाई स्थगन गरिएको लायन्स क्बल अफ विराटनगर हेल्थ प्रोफेसनलका द्धितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक शम्भु साहले जानकारी दिनुभयो ।
क्लबले गत असोज ११ गतेदेखि २१ दिन बिरामीका कुरुवालाई खाना खुवाउँदै आएको थियो । कार्यक्रमको अन्तिम दिन बिरामी, कुरुवा र कार्यक्रममा सहभागीले खाना खुवाएर समापन भएको हो । सोही अवसरमा क्लबले आठ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा कार्यक्रम संयोजक शम्भु साह, संस्थापक अध्यक्ष डा. बालकृष्ण साह, सचिव गजेन्द्र यादव, कोषाध्यक्ष प्रमोद साह, क्बलका निर्देशक ज्ञानबहादुर बस्नेत रहेका छन् । यसैगरी सदस्यहरूमा वीरेन्द्र देव, धमेन्द्र संग्रौला, सन्जिव पोखरेल, लवरेन्ज साह, तेज साह सम्मानित भए । सम्मानित भएकाहरूलाई लायन्स अन्तराष्ट्रिय ३२५ एवानका पूर्व गर्भनर लिला ढुङ्गेलले सम्मान गर्नुभएको हो ।
चिकित्सक, जनस्वास्थ्यकर्मी, फार्मेसिष्ट, औषधी व्यवसायी तथा स्वास्थ्यकर्मीहरू संगठित भएर गतवर्ष मात्र स्थापित भएको लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले स्थापना कालदेखि समाजिक कार्यहरू गर्दै आएको छ । महामारीको रूपमा फैलिएको कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरूले समय निकालेर मानवीय सेवामा खटिएको कार्यक्रम संयोजक साहले बताउनु भयो । क्लबको संस्थापक अध्यक्ष डा. बालकृष्ण साहबाट समयको व्यवस्थापन गरि उहाँको उत्प्रेणा र क्बलका सदस्यहरूको सहयोगले निरन्तर रूपमा कुरूवालाई तीन सातासम्म खान खुवाउन सफल भएको उहाँले बताउनु भयो ।
क्लबका सचिव गजेन्द्र यादवले सञ्चालन गरेको औपचारिक कार्यक्रममा २१ दिनसम्म सहुलियत दरमा स्वस्थ्यकर खाना उपलब्ध गराएका द रोयल बिरियानी हाउसका सञ्चालक पप्पु अंसारी, मोरङ स्वास्थ्य कार्यालय प्रमुख तथा क्लवका निर्देशक ज्ञानबहादुर बस्नेत, नेपाल वैश्य युवा संघ मोरङका अध्यक्ष गणेश साह, जाेन चियरपर्न द्वय महेन्द्र साह र सुर्य नारायण चाैधरी, संस्थापक अध्यक्ष तथा लायन्स अन्तराष्ट्रिय ३२५ एवानका हेल्थक्याम्प सर्भिस चिफ डा बालकृष्ण साहले बधाई दिनुभएको थियो ।