विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा बिहीबार थप दुई जनाको मृत्यु भएको छ ।
बुधबार राति कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा सुनसरीको धरानका एक संक्रमितको मृत्यु भएको थियो । यस्तै विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा एक महिला र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा अर्का एक पुरुषको पनि मृत्यु भएको छ ।
कोशी कोभिड अस्पतालमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो । असोज २१ गते कोरोना संक्रमण पुष्टि भएका उनको बिहीबार बिहान ३ः३० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकमा मधुमेहको पुरानै समस्या रहेको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।
यसैगरी विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको छ । मुटु सम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।