शास्त्रले हाईन, देशले खेलकुदका माध्यमद्वारा विश्वको बिजेता बन्नसक्छ । राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्नसक्छ । एउटा कुशल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्नसक्छ । स्वास्थ्य नै धन हो, तर धन स्वास्थ्य हाइन । एउटा मान्छेका लागि खेलको महत्वलाई बुझ्न सकिएन भने त्यो मानसिक रुपले वा शारिरीक रुपबाट अपांग बन्नपुग्छ । त्यसकारण पनि एउटा मान्छे स्वास्थ्य हुन आवश्यक छ । एउटा स्वास्थ्य शरीरमा मात्र स्वास्थ्य मस्तिष्क हुन्छ । अर्को शब्दमा भन्ने हो भने स्वास्थ्य मस्तिषकका लागि स्वास्थ्य शरीर हुन अत्यन्त आवश्यक छ । रुग्ण शरीर र रुग्ण मानसिकताले एउटा मान्छे पूर्णरुपमा कमजोर मात्र होईन, हरेक हिसाबले अपांग हुनपुग्दछ ।
स्वास्थ्य शरीर नै एउटा मान्छेका लागि सुख हो, आनन्द हो । खेलकुदले मानव स्वास्थ्यका लागि महत्वपूर्ण भुमिका खेलेको देखिन्छ । शारिरिक व्यायम मान्छेका लागि अनिवार्य सर्तका रुपमा जोडिनु पर्दछ । खेलकुद क्षेत्रको विकासले सामाजिक एकटा र सम्मृद्धिको आधारशिला तयार पार्ने हुँदा राज्यले खेलकुद विकासका लागि ठोस् नीति र दृष्टिकोण बनाएर अगाडि बढन आवश्यक देखिन्छ । खेलकुदको माध्यमबाट विश्वमा जोडिने हुँदा र देशको गौरव बढाउने हुँदा अब राज्य त्यसतर्फ गम्भीर बन्नु नै पर्दछ । खेल मानव जीवनको एक महत्वपूर्ण अंग हो । हरेक प्रकारका शारिरीक, मानसिक, मनोवैज्ञानिक र बौद्धिक स्यास्थ्यसँग खेलकुदले गहिरो सम्बन्ध राख्दछ । नियमित खेल खेल्नु मनोवैज्ञानिक कैशलतामा यसले निखार ल्याउछ । नेपालको हरेक भुभागमा खेलिने खेल फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, बास्केटबल बक्सिङ, कराँते आदि खेलहरु मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका मात्र हैन, पहिचान र समृद्धिसँग जोडिएका छन् ।
खेलकुद विकासको सबद्र्धन, प्रबद्र्धनका लागि खेलकुद पुर्वाधारको विकास हुन आवश्यक छ । खेललाई मनोरञ्जनका रुपमा मात्र सिमित पारिरहनु हुदैन र हेरिनु हुदैन । एउटा मान्छे खेलका माध्यमबाट स्वास्थ्य, सुखी र समृद्ध बन्नसक्छ । र राष्ट्रको गौरब बढाउन सक्छ । एउटा भनाई छ, स्वास्थ्य शरिर, निरोगी मस्तिष्कबाट सुन्दर भविष्यको रुपरेखा कोर्न सकिन्छ, सुखी जीवन, खुसी संसारबाट मात्र संसारका सबै बस्तु प्राप्त गर्न सकिन्छ । अनि उपयोग र उपभोग गर्न सकिन्छ ।
हाम्रा शरिरका सबैै अंगहरु स्वास्थ्य क्रियाशील, सक्रिय र दुरुस्त कायम राख्न खेलबाहेक अन्य विकल्प देखिदैन । मानव जीवनमा खेलको महत्व अझ फराकिलो र गहिरो बनाएको मात्र छैन, कसिलो, रसिलो, भरिलो र विश्वासशिलो र गहिरो बनाएको छ । विज्ञानको युग प्रविधिको युगको विकासले अझ खेलप्रति मान्छेको रुची र झुकाब बढाएको पाईन्छ । खेलकुदको इतिहासलाई हेर्ने हो भने एउटा सौख र मनोरञ्जनका रुपबाट हेर्ने गरेको पाईन्छ । आजभोलि खेललाई स्वास्थ्यसँग जोडेर हेर्ने गरिन्छ । खेलको महत्व र त्यसका लाभलाई बुझेर खेलप्रति सबै उमेरका समूहहरु सामेल र सहभागी बनिरहेको देखिन्छ । यो एउटा सकारात्मक पाटो हो ।
मानव विकासका लागि खेलकुदको विकास हुन अति आवश्ययक छ । खेल देशको प्रतिष्ठासँग जोडिएको क्षेत्र हो । मान्छेको शारिरीक, मानसिक स्वास्थ्यसँग गासिएको विषय पनि हो । अब खेलकुद मावन जीविकोपार्जनका नारा बन्नुपर्छ । स्वास्थ्य लाभका नारा बन्नुपर्छ । नेपालमा खेलकुद विकासका लागि काम नभएको होईन । तर, ती सबै बालुवामाथि पानी खन्याए झै भएको देखिन्छ । ७ दशक लामो ईतिहासमा नेपालले खेलकुद क्षेत्रको विकासमा जुन गतिमा फड्को मार्नुपथ्र्यो र विश्वसामु मुलुकलाई प्रतिनिधित्व गराउन सक्नुपथ्र्यो । त्यसो हुन सकेन । त्यसको मुल कारण राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेप नै मान्न सकिन्छ । लामो समय मुलुक संक्रमणको भुमरीमा खेलकुद क्षेत्रमा प्रत्यक्ष रुपमा प्रवाह परेको देखिन्छ । नेपालको पछिल्लो दश वर्षयता खेलकुद विकासका लागि थोरे प्रयासहरु भएको देखिन्छ । तर, परिणाम जिरो देखिन्छ । भारत, माल्दिभ्स, अघि खेलकुदको जग बसालेको नेपाल खेलकुदको स्तर अहिले हेर्ने हो भने यी राष्ट्रभन्दा कमजोर नै देखिन्छ । यो पक्कै पनि नेपाली खेलप्रेमीका लागि चिन्ताको विषय हो ।
देश खेलकुद विकासका लागि अगाडि बढ्नसके धेरै सम्भावना बोकेको देखिन्छ । नेपालको खेलकुद क्षेत्र क्रमशः व्यवसायिकतातर्फ उन्मुख हुँदै गएको छ । तर, सम्भावना हुँदा–हँुदै पनि खेलकुद पूर्वाधारको विकास हुन नसक्नु खेलाडी उत्पादनका लागि प्रशिक्षितहरुको खोजी गर्न नसक्नु व्यवस्थापन हुन नसक्नुले खेलकुद क्षेत्र केन्द्र बन्न पुगेको देखिन्छ । स्वास्थ्य र राष्ट्रको गौरवसँग जोडिएको खेलकुदको विकासमा जोड दिन सके मात्र मुलुकको भविष्य उज्वल हुनेछ । यो वस्तुगत धरातललाई आत्मासाथ गर्दै यो क्षेत्र विकासका लागि सबै क्षेत्र जुट्न आवश्यक छ ।
विकासित मुलुकहरु खेलकुदको व्यवसायिकरणबाट अर्थतन्त्रमा आर्थिक सुधारका कार्यक्रममा ठूलो योगदान पु¥याएको देखिन्छ । विश्व खेलकुद बजारलाई नजिकबाट हेर्ने हो भने ठूला–ठूला आर्थिक सफलता पाएको मात्र छैन, अन्तराष्ट्रिय रुपमा मान, शान, गौरव बढाएको देखिन्छ । खेलकुदलाई विश्वसामु चिनाउने हो भने अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना हुन जरुरी छ । प्रतियोगिता आयोजना गर्नका लागि विभिन्न राष्ट्रहरुको प्रतिष्पर्धाले केवल राष्ट्रिय गौरवका लागि मात्र नभएर देशको बहुआध्यमिकता झल्काउने र मुलुकको प्रतिष्ठामा ठूलो योगदान प्रदान गर्दछ । विभिन्न आयमहरुमध्ये आर्थिक पाटो मुख्य हो ।
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता वा महोत्सवहरुले भौतिक पूर्वाधारमा लगानी बृद्धि हुने, रोजगारी सृजना हुने, वैदेशिक लगानीको सुनिश्चित भई अर्थतन्त्रमा गुणात्मक प्रभाव पार्ने सम्भावना बोकेको हुन्छ । त्यसैले खेलकुद क्षेत्रको विकास द्रुत गतिबाट अगाडि बढ्न आवश्यक छ । विकासका पूर्वाधार के के हुन् ? बाटो–घाटो, पुल आदिलाई मात्र लिने र बुझ्ने गरिन्छ । तर, त्यति मात्रले विकासको परिभाषा र व्याख्या पुग्दैन । राष्ट्रको समृद्धिको मार्ग चित्र खेलकुदको विकास हो । खेलकुदलाई उपेक्षा गरेर मुलुक अगाडि बढ्न सक्दैन । आर्थिक विकास सुशासन, शान्ति र समृद्धि अनि एकताको लागि खेलकुदको विकासलाई अगाडि बढाउँदै खेलको माध्यमद्वारा विश्व विजेता नेपाल बन्नुपर्छ । खेलकुदको क्षेत्रबाट विकास सम्भव देखिदैगर्दा खेलकुद विकासका लागि सबै क्षेत्र हातेमालो गर्दै एकजुट हुन अब ढिला नगरौं ।
वास्तव मा खेलकुद त्यो औषधि हो जसले शरिर,मस्तिष्कलाई स्वस्थ्य राख्न मदत गद्छ।धन्यवाद राम्रो रचना को लागि।
बिराज
होइन