दादुरा रुवेला खोप अभियान सुरु

उर्लाबारी । मोरङको उर्लाबारीमा शुक्रबारदेखि दादुरा रुवेला खोप अभियान सुरु भएको छ । उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाले उर्लाबारीको ९ वटै वडामा दादुरा रुवेला खोप अभियान सुरु गरेको हो ।

फागुन २० गतेसम्म चल्ने अभियानमा ९ महिनादेखि ५ बर्षमुनिका बालबालिकालाई दादुरा रुवेलाको खोप लगाउने कार्य सुरु भएको स्वास्थ्य शाखाका संयोजक तोयाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

यो पटक ९५ प्रतिशतलाई दादुरा रुवेलाको खोप लगाउने लक्ष्य रहेको छ । पूर्ण खोप सुरक्षित भविष्य भन्ने मुल नाराको साथ सुरु भएको खोप अभियान सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको शाखाका सह–संयोजक सुरेश खड्काले बताउनुभयो । सोही अवसरमा जन्मेदेखि ५ वर्षमुनिका सबै बालबकालिकालाई पोलियो थोपा खुवाइने कार्यक्रममा पनि सहभागी बन्न स्वास्थ्य शाखाका रेनुकाप्रसाद काफ्लेले आग्रह गर्नुभयो ।

उर्लाबारी नगरपालिकाभरीमा २६ वटा केन्द्रमार्फत खोप लगाउने कार्य भइरहेको छ ।

शनिबार, १७ फागुन, २०७६, रातीको ०९:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर