इटहरी । सुनसरीको इटहरी स्थित पूर्वी पृतनामा ५० शैयाको सैनिक अस्पताल सञ्चालनमा आएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले एक समारोहबीच आधुनिक उपकरणसहितको ५० शैय्याको सुविधासम्पन्न अस्पताल उद्घाटन गर्नुभयो ।
सेनाका बहालवाला तथा सेवानिवृत्त आफन्त तथा परिवार स्वास्थ्य समस्याबाट पीडित भएर काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्यका लागि सेनाले अस्पताल निर्माण गरेको बताएको छ । अस्पतालमा जनरल, मेडिकल, डेन्टल, प्याथोलोजी, इएनटी, गाइनो, फार्मेसी, रेडियोलोजी, फिजियोथेरापी र माइनर ओटी लगायतका सेवाहरु संचालनमा ल्याइएको सेनाले जनाएको छ ।
अहिले अस्पतालमा बहालवाला सेना तथा उनका आश्रितको मात्र उपचार हुने जनाइएको छ । पछि सर्वसाधारण नागरिकको पनि उपचार गराइने नेपाली सेनाले जनाएको छ ।