विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईमाथि आपूmलाई फसाउने योजना अनुसार षड्यन्त्रमुलक रुपमा अंश दावी गर्दै गर्दै मुद्दा दायर भएको बताउनुभएको छ ।
https://www.facebook.com/hamromatnews/videos/2603856299894687/
बालिका खड्का नामकी महिला आफूमाथि २०७२ सालदेखि पार्टीभित्रकै केही व्यक्तिको योजनामा राजनीतिक जीवन र चरित्र हत्या गर्नेगरी परिचालिन रहेको मुख्यमन्त्रीले दावी गर्नुभएको छ ।
यसअघि मुख्यमन्त्रीले आपूmमाथि दुव्र्यबहार गरेको भन्दै मिडियाबाजी गर्दै आएकी खड्काले जिल्ला अदालत काठमाडौंमा अंशमुद्दा दायर गरेपछि मुख्यमन्त्रीले त्यसबारे पहिलो पटक सार्वजनिक प्रष्टिकरण दिनुभएको हो । सुनसरीको इटहरीमा प्रेस संगठन नेपालको प्रदेश भेला तथा सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री राईले खड्कासँग जोडेर आप्mनो चरित्रहत्या गर्न केही मिडिया पनि परिचालित गरिएको गुनासो गर्नुभयो ।
मुख्यमन्त्री राईंको भनाई उहाँकै शब्दमा
मेरा विरुद्धका केही विषयमा आज मैले यो फोरममा केही बोलिन भने म आफैं अन्यायमा पर्नेछु । मैले बोल्ने बेला आयो । मेरा विरुद्ध २०७२ सालदेखि एउटा षड्यन्त्र शुरु भएको छ । म सञ्चारमन्त्री भएको २÷३ महिनादेखि त्यो षडयन्त्र शुरु भयो । आफूविरुद्ध विभिन्न ठाउँ बैठकहरु बसेर एउटा गिरोह सक्रिय त्यसबेलादेखि भएको छ । केही पात्रहरु खोजेर, खरिद गरेर ममाथि प्रयोग गरियो । हिजो मात्र एउटा अदालतमा मुद्दा दर्ता भयो भनेर सामाजिक सञ्जालमा आइराखेको छ । २०७२ सालदेखि लगातार मौसम अनुसार सामाजिक सञ्जाल र केही साना मसिना अनलाइनहरुमा केही कुराहरु मेरो प्रसंगमा आइराखेको छ । मैले बोल्ने समयको उपयुक्त पर्खाइमा थिएँ । आजसम्म यो प्रसंगमा मैले बोलेको थिइन । किनभने मेरो कुनै दोष छैन, कमजोरी छैन । जुन पात्रको कुरा छ, ती पात्रसँग कहिल्यै मेरो चिनजान भएको छैन, बोलचाल भएको छैन । कहिल्यै दोहोरो संवाद भएको छैन ।
म सञ्चारमन्त्री भएको ३ महिनापछि फटाटफ मेरो मोवाइलमा म्यासेजहरु आउछ । त्यो म्यासेज एउटा÷दुईवटा हैन, सयौंको संख्यामा आउँछ । भोलिपल्ट पनि आउछ, म त्यो म्यासेज प्राप्त भएको नम्बरमा फोन गर्छु । को मान्छे हो भनेर चिन्न खोज्छु । नामसम्म थाहा हुन्छ । त्यसपछि मैले फोन राख्छु । तर, म्यासेज लगातार आयो । त्यसपछि ती म्यासेजहरुलाई जस्ताको तस्तै मोवाइलमा राखेर मैले सञ्चारमन्त्री र सरकारको प्रवक्ताको हैसियतामा सम्माननीय प्रधानमन्त्रीलाई देखाएँ । उहाँ पनि अचम्मित हुनुभयो । ‘यसअघि पनि तपाईको बारेमा गलत पोको लिएर केही मान्छे आएका थिए । आज प्रमाणित भयो, तपाईमाथि ठूलो षड्यन्त्र भएको रहेछ, आज पुुष्टि भयो । अब तपाई ढुक्कले केही विचलित नभई काममा अघि बढ्नुस्, कसैलाई प्रतिक्रिया नदिनुस् । मैले मान्छे चिने, बुझे’ भनेर प्रधानमन्त्रीले भन्नुभयो ।
त्यसपछि पनि म्यासेज र मलाई ह्यारेस गर्ने काम रोकिएन । त्यसपछि जब सरकारबाट हामी बाहिरियौं, त्यसपछि ती पात्रले मेरो मोवाईलमा ६ वटा नम्बरबाट पठाएका ७ पेज म्यासेज प्रिन्ट गरेर त्यो गिरोहको नाईकेको नामसतेत किटान गरेर मैले पार्टीमा एउटा एजेण्डा दर्ज गरे, पोलिटब्युरो बैठकमा । । भीम कमरेड यहिँ हुनुहुन्छ, ईश्वर कमरेड हिँडिसक्नुभो । अध्यक्षसँग अनुमति मागेर एजेण्डा दर्ज गरेपछि बैठकमा दुई घण्टा छलफल भयो । बैठकमा एकमतले ती पात्र गतल हुन् भन्ने निश्कर्ष निस्कियो । त्यो भएपछि छानविन समिति गठन गरौं भन्ने भयो । त्यो गिरोह र अपराधमा संलग्न रहेर करोड पैसा खर्च गरेर मेरो राजनीतिक जीवन र चरित्रहत्या गर्नेको छानविन गर्न समिति बनाउन मैले आग्रह गरे । अध्यक्षले स्थायी कमिटिले निर्णय लिने भन्ने निश्कर्ष सुनाएर बैठक सकियो ।
मैले पार्टी अध्यक्षसँग अनुमति मागेर मैले ६ वटा नम्बरबाट आएको ७ पेज म्यासेजसहित सिआईबीमा आवश्यक अनुसन्धानको लागि निवेदन दिएको थिएँ । प्रहरीले सम्बन्धित मान्छेमाथि प्रारम्भिक अनुसन्धान ग¥यो । ती मान्छे स्वाभाविक मनस्थितिमा छैन, त्यसो हुँदा अहिले कारबाही अगाडि नबढाऔं भनेर त्यसबेलाका डिआइजी, अहिले प्रतिनिधिसभा सदस्य हुनुहुन्छ, नवराज सिलवालले भन्नुभएको थियो । मैले यो विषयमा आजको मितिसम्म कही कतै प्रतिक्रिया दिएको थिइनँ । तर, लगातार ममाथि यसप्रकारको षड्यन्त्र, गिरोह किन हो के कारणले हो थाहा छैन ।
म सबैलाई शीर ठाडो पारेर भन्नसक्छु, म भुईबाट आएको मान्छे हुँ । म असाध्यै विकट गाउँमा जन्मिएको मान्छु हुँ । कम्युनिष्ट पार्टीको सदस्यता लिएर, पाएको जिम्मा राम्रो पक्ते गरेर यहाँसम्म आएको हुँ । कसैको चाकरी गरेर आएको हैन । कसैको आशिर्वाद पाएर, मिडियाबाजी गरेर, दुनियाँ प्रचारबाजी र अनेक प्रचारबाजी गरेर आएको हैन । मेरो जीवन सतप्रतिशत पारदर्शी छ । म चुनौति दिन चाहन्छु, आर्थिक र नैतिक मामिलामा कसैले खोट लगाउने ठाउँ आजसम्म राखेको छैन । म यो कुरा स्पष्ट पार्न चाहन्छु ।
यसको बारेमा बोल्ने समयको पर्खाइमा म थिएँ । यसबारे पुलिस र पार्टीले पनि कुनै प्रतिक्रिया नदिन त्यसको अर्थ छैन मलाई भनेको थियो । तर, आज बोल्नुपर्ने समय आयो । दूधको दूध र पानीको पानी छुट्टिने समय आयो । यो छुट्टिन्छ । केही दिनमा सबैले थाहा पाउनुहुन्छ । दुनियाँमा कुनै भ्रम नरहोस्, यो कहिँ चुकेको थियो कि कुनै गल्ती गरेको थियो भन्ने भ्रम नराख्नुहोला ।
प्रदेशभरीका मिडियाका साथीहरु आउनुभएको छ । यो मामिलमा मिडियाहरु दुरुपयोग भएको छ । मिडिया किनिएको छ । यसको खोजी गरिदिन आग्रह गर्दछु । तपाईहरुले आधा घण्टामा पत्ता लगाउन सक्नुहुन्छ । यो धन्दामा को संलग्न छन् र कुन मिडिया छन् भन्ने तपाईहरुले खोज्न सक्नुहुन्छ । यो धन्दामा सामेल मान्छे पनि पत्ता लगाउन सक्नुहुन्छ । मैले पार्टीमा मुल मान्छेको नाम तोकेर दिएको छु । कतिपत्र पात्रहरुको नाम छैन होला । विश्व कम्युनिष्ट आन्दोलमा ममाथि जुन षड्यन्त्र भएको छ, सायदै कसैलाई भएको छैन होला, हुँदैन होला । चुनाबको बेलमा ममाथि १० वटा गोली र बम प्रहार भयो । त्यो तर्साउन भएको थिएन । ठाउँका ठाउँ सिध्याउन आक्रमण भएको थियो । यसमा मैले पार्टी नेतृत्वको ध्यान आकर्षित गरेको छु । तथ्य यो हो । वास्तविकता यो हो ।
ममाथि गम्भीर षड्यन्त्र भएको हो । कुनै भ्रम नराख्न आग्रह गर्दछु । मेरो तर्फबाट आजसम्म र भोलि पनि कहिँकति झुक्किएर पनि देश र जनताको शीर निहुरिनेगरी मबाट गल्ती हुँदेन । यस्ता षड्यन्त्रको पर्दाफास गर्न तपाईहरुले सहयोग गरिदिनुहोस् । ठूलो धनराशी खर्च गरेर कम्युनिष्ट पार्टीको कार्यकर्ता सिध्याउन सञ्चालन भएको गिरोहको बारेमा स्पष्ट हुनुपर्छ । अरु कसैमाथि यस्तो नदोहोरियोस् । यो नै अन्तिम घटना हुनसकोस् भन्ने मेरो अपेक्षा छ । यसमा सबै साथीहरुले साथ दिनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।