विराटनगर । विराटनगर– १० मा रहेको अर्किड बोर्डिङ स्कूलले भव्य कार्यक्रम आयोजना गरि शनिबार वार्षिकउत्सव मनाएको छ ।
स्कूल परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले सँस्कृति झल्किने नृत्य प्रस्तुत गरि सहभागी अभिभावक र अतिथिहरूलाई भरपुर मनोरञ्जन प्रदान गरे ।
विद्यार्थीहरूले नृत्य, कविता र फेशन–शो प्रस्तुतिले कार्यक्रम थप आकर्षक बनेको थियो । वार्षिकोत्सवमा विद्यार्थीहरूले ‘प्रोजेक्ट वर्क’ पनि प्रदर्शनीमा राखेका थिए । विद्यार्थीहरूले चित्रकला प्रदर्शनीमा राखे । अर्डिक स्कूलमा अध्ययरत विद्यार्थीहरूले आफ्नो स्कूलको चित्र बनाएर प्रदर्शनीमा राखेका थिए । विद्यार्थीको चित्रमा अभिभावकहरूको आकर्षण थियो ।
सो अवसरमा प्रोजेक्ट वर्कमा प्रथम हुने विद्यार्थीहरूलाई नगद ३ हजार रुपैयाँ, द्वितीयलाई २ हजार रुपैयाँ र तृतीयलाई १ हजार रुपैयाँ प्रदान गरियो । यस्तै सान्तवना हुने पाँच जना विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको स्कूलका प्रिन्सिपल सि.एम. श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा उत्कृष्ट र नियमित स्कूल आउने विद्यार्थीलाई पनि पुरस्कृत गरियो । कार्यक्रममा विराटनगर १० का वडाअध्यक्ष माधवराज वाग्लेले शीप र संस्कारसहितको गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकोले यसतर्फ स्कूल अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । स्कूलका प्रिन्सिपल सि.एम. श्रेष्ठले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराखेको बताउँदै शिक्षासँगै विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापहरुमा पनि केन्द्रित गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा स्कूलका अध्यक्ष अमित ढकाल, अर्किड उच्च माविका प्रमुख दिपेश बाँस्तोला, संस्थापक निर्देशक सिएम रिजाल, मनिष भट्टराई, सुजित साह, राकेश साह, ओमप्रसाद यादव, उमेश कार्की, तुलसी गिरीसहितको उपस्थिति रहेको थियो ।