मुख्यमन्त्रीलाई समेत जानकारी नदिइ कोशीका मन्त्री लिलाबल्लभ अधिकारी सुटुक्क जापान
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी बिना अनुमति र बिना जानकारी जापान पुगेको खुलेको छ । मन्त्रीहरुले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा