कविता

बसन्तऋतुको खुसीयालीमा

बसन्तका बगैंचामा कोइलीचरी बस्तछे ।
कोहीजाओस् कोहीआवोस् कोहो–कोहो भन्दछे ।।
बगैंचा त उनैको हो ढलीमली खेल्दछन् ।
बसन्तीको शोभायात्रागर्दै चराहरु घुम्दछन् ।।१।।

पुष्परागहरु उस्तै ढकमक्कफुलाउँछन् ।
लडीबुडी गरी खेल्दै चराहरु रमाउँछन् ।।
वारीपारी खोला–नालाघुमी–घुमी खेल्दछन् ।
बसन्तकीतिहुन् रानी मनैहरु भुलाउँछिन् ।।२।।

उनको स्वर सुनेपछि मन यो आनन्दआउँछ ।
प्रकृतिको बगैंचा यो वनैभरि मगमगाउँछ ।।
हरियालीप्रान्तहरु तिम्रा तिम्रै राज्यचल्दछन् ।
बाघ–भालु, हात्ति–घोडा, मृगहरु नाँच्दछन् ।।३।।

वनको राजाबसन्तहो, जसले सुरिलो गलाखोल्दछ ।
मिठो स्वर कुहू–कुहू प्रकृतिपनिनाँच्दछ ।।
उताहिमालको डाँफे मयूरहरु खेल्दछन् ।
डाँडाकाँडा लेक–वेंसी झरनाहरु झर्दछन् ।।४।।

बसन्तको हरियालीमाशिरशिर हावाचल्दछ ।
लेक–बेसी उकालीमान्याउरी चरी चियाउँछ ।।
फुलको रस चुसेर माहुरीहरु भुन्भुनाउँछन् ।
वनको फूल देखेर भँमरा पनि रमाउँछन् ।।५।।

बुद्धविहार मार्ग,
विराटनगर–११

बिहिबार, १५ फागुन, २०७६, रातीको १०:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर