उर्लाबारी । पछिल्लो राजनीति परिवर्तनसँगै मोरङको मिक्लाजुङ ३, (साविक टाँडी)को स्थानीय चौकहरुको नाम परिवर्तन गरिएको छ ।
बिहीबार मिक्लाहुङ ३, धोबेनि चौकमा किरात लिपीका प्रवर्तक सिरिजंङ्गाहाङको मूर्ती शिलन्यास गरी चौकको नाम पनि परिवर्तन गरिएको हो ।
सिरिजंङ्गा सालिक निर्माण उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा मोरङ क्षेत्र नं. १ (१)का प्रदेश सांसद कुलप्रसाद लिम्बूले शालिक शिलन्यास गर्नुभयो । धोबेनिमा करिब ६ फिट ५ इञ्चको मूर्ती निर्माण गरने अध्यक्ष गणेश मिभक लिम्बूले बताउनुभयो । मूर्ती स्थानीय कलाकार गायत्री राईले निर्माण गर्ने बताइएको छ ।
शिलान्यास कार्यक्रममा तेजबहादुर थलङ लिम्बूले सिरिजंङ्गाहाङ साहित्य, लिपि, भाषामा ज्ञता मात्र होइन दार्शनिक भएको बताउनुभयो । सिरिजंङ्गाको सम्मानमा धोबेनी राखिने मूर्तिको लागि करिब १० लाख रुपैयाँ खर्च हुने निर्माण समिति अध्यक्ष गणेश मिभकले बताउनुभयो ।
प्रदेशसभा सदस्य कुलप्रसाद साम्बाले मूर्ती राख्ने योजनामा आफूले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा कालिका माबिका प्रधानाध्यापक मातृकाप्रसाद न्यौपाने, किरात मोर्चाको केन्द्रीय सचिवालय सदस्य राम मगर, किरात याक्थुङ चुम्लुङ मोरङ जिल्ला अध्यक्ष विवेक लिम्बू, स्थानीय प्रेम मिभक, गनेश भट्टराईलगायतले शुभकामना दिएका थिए ।
मिक्लाजुङकोे जलुकेनी चौकलाई केलाङ, असारे चौकलाई सुम्निमा, वसन्त चौकलाई पारुहाङ, सुन्दरी चौकलाई लखन थापा चोक बनाइएको छ । पहिचानको कुरा उठिरहेको बेला पुरानो चौक बजारहरुको नाम फेर्दै स्थानीय युवाहरुको सक्रियतामा नाम फेरिएको हो ।