धरान । नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश १ को सभापतिमा झापा विर्तामोडका राजु धमला (रुपदल) निवार्चित हुनुभएको छ ।
सुनसरीको धरानमा सम्पन्न महासंघको प्रथम अधिवेशनबाट धमला नेतृत्वको प्रदेश समिति निवार्चित भएका हो ।
धमलाले धरानका किसन मास्केलाई पराजित गर्नुभएको थियो । सोमबार अबेर भएको मतदानमा धमालाको पक्षमा ५० मत खसेको थियो भने मास्केको पक्षमा ३७ मत मात्र खसेको थियो ।
यस्तै, उपसभापतिमा उदयपुरका चतुर चौधरीले ६६ मत र इलामका धनमान बराइलीले ४५ मत पाएर निवार्चित भएका छन् । उपसभापतिमा पराजित उर्लाबारीका ज्ञानुकुमार श्रेष्ठले ४३ मत पाएका थिए । सचिवमा इटहरीका कुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् भने सहसचिवमा दमकका मेघराज धमला निर्विरोध चयन भएका छन् ।
कोषाध्यक्ष पदमा विर्तामोडमा राजकुमार गुप्ता विजयी भए । कोषाध्यक्ष पदमा गुप्ता र अर्का उम्मेदवार राजेश सोनीले बराबर ४२ मत पाएकोमा सोनीले गुप्तालाई छोडिदिएका थिए । यस्तै सहकोषाध्यक्षमा झुम्काका पूर्ण श्रेष्ठ पनि निर्विरोध भएका छन् ।
महासंघको प्रदेश समिति कुल १५ सदस्यीय कार्यसमिति हुनेछ । अन्य ५ जना सदस्यहरुमा महिला सदस्यमा सुन्दर हरैचाकी सृर्जना घिमिरे, एशोसिएट सदस्यमा विराटनगरका आलोक राठी चयन भएका छन् । सदस्यहरुमा ओखलढुंगामा युवराज विश्वकर्मा, भोजपुरका निरबहादुर विश्वकर्मा र विराटनगरका विमल कुमार वेगवानी चुनिएका छन् ।
अधिवेशनमा ९४ जना सदस्य दर्ता भएपनि ८९ मत मात्र खसेको निवर्तमान सभापति माहेनकाजी शाक्यले जानकारी दिनुभयो ।