उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरक्षेत्रका ४८ वटा सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था गरेको छ ।
भोकका कारणले दिनभरी विद्यालय बस्न नसक्ने, विद्यालय छोडेर हिड्ने, विद्यालय नआउने क्रम बढेकाले खाजा कार्यक्रम सञ्चालन गरेको नगरपालिकाले जनाएको छ ।
बालविकास केन्द्रदेखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी ल्याएको कार्यक्रमले उत्साह जगाएको नगर शिक्षाविज्ञ राजकुमार ओझाले जानकारी दिनुभयो । विपन्न दलितका लागि भनिएपनि कक्षा ५ सम्म अध्ययन गर्ने ४ हजार बालबालिकाहरु त्यसबाट लाभान्वित भएका छन् ।
पहिलो चरणमा ९३ दिनका लागि प्रतिदिन खाजा बापत १० रुपैयाँका दरले ३५ लाख रुपैयाँ निकासा गरिएको नगरपालिकाले जनाएको छ । अधिकांश दलित, विपन्न र लोपोन्मुख वर्गका विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको जनाइएको छ ।