अस्पताललाई जापानको सहयोग

धनकुटा । धनकुटा जिल्ला अस्पताललाई जापान सरकारले अक्सिजन प्लान्ट सहयोग गर्ने भएको हो ।

पूर्व पहाडी जिल्लाहरुका जनतालाई सुविधा दिनका लागि अस्पतालमा जापान सरकारको १ करोड बढी लागतमा अक्सिजन प्लान्ट निर्माण गरिदिएको छ ।

जापानी राजदुत साईगो मासामिचीले प्लान्ट हस्तान्तरण गर्ने बताइएको छ । सो अक्सिजन प्लान्ट बनेपछि जिल्ला अस्पतालसहित पूर्वी पहाडी जिल्लाहरुका अस्पताललाई अक्सिजन उपलब्ध गराउन सकिने धनकुटा जिल्ला अस्पतालले जनाएको छ ।

अहिले धरान र विराटनगरबाट अक्सिजन सिलिण्डर ल्याउनुपर्ने बाध्यता जिल्ला अस्पतालको प्लाण्टले हल गर्ने बताइएको छ ।

बिहिबार, १५ फागुन, २०७६, रातीको ११:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर