पत्रकार बुढाथोकीलाई पुरस्कार

विराटनगर । कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ ।

अन्नपूर्ण पोष्ट दैनिक विराटनगरका संवाददाता पत्रकार बुढाथोकीलाई सो पुरस्कार आगामी फागुन १८ गते विराटनगरमा एक कार्यक्रमको आयोजना गरि वितरण गरिने निर्णय गरिएको प्रेस संगठन मोरङले जनाएको छ ।

संगठनका संयोजक सुदीप कोइरालाका अनुसार पुरस्कारको राशि नगद १० हजार १ सय ११ रुपैयाँ रहेको छ । प्रेस संगठन मोरङको कार्यसमितिको सपथग्रहण कार्यक्रमको अवसर पारेर सो पुरस्कार तत्कालिन प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका बुढाथोकीलाई प्रदान गरिने भएको छ ।

कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार यसअघि तत्कालिन प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा वितरण गर्ने गरिएको थियो । पुरस्कारबाट यसअघि पत्रकार भक्त राई, शान्ति दाहाल, मिलन के राउत, कमल रिमाल र सुमन सुस्केरा पुरस्कृत भईसक्नु भएको छ ।

बिहिबार, १५ फागुन, २०७६, रातीको ०९:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर