चलचित्र निर्देशक समाजमा रायमाझी

विराटनगर । चलचित्र निर्देशक समाज १ नम्बर प्रदेश समितिको अध्यक्षमा केशव रायमाझी चयन हुनुभएको छ । सुनसरीको इटहरीमा भएको एक भेलाले रायमाझीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

तीन दशकदेखि निर्देशन क्षेत्रमा लाग्नुभएका रायमाझी विराटनगरमा रहेर आदिवासी जनजाति चलचित्रको बढी निर्देशन गर्दै आउनुभएको छ । समितिको उपाध्यषमा उपाध्यक्ष ज्ञानेन्द्र कोइराला (दमक), रबिन श्रेष्ठ (धरानं) सचिव हरिन्द्रमान खत्री (पथरी) सह–सचिव बिनोद पुडासैनी (विराटनगर) र कोषाध्यक्ष राजु चौधरी (मोरङ) रहनुभएको छ ।

समितिको सदस्यहरूमा होमनारायण राजवंशी झापा, हुदुवा खवास मोरङ, मौसम इबुङ(हङ्गकङ), सुर्य चेम्जोङ पाँचथर र बिजय सुब्बा धरानका रहेका छन् । यस्तै समितिको सल्लाहकारहरूमा प्रेम सुब्बा, अरुणकुमार प्रधान, भीम लामा, पर्शुराम चौधरी, इन्द्र परियार,लाखमान योञ्जन रहनुभएको छ । नवनिर्वाचित अध्यक्ष रायमाझीले चलचित्र कर्मिहरूको हकहितमा काम गर्दै चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनमा लाग्ने बताउनुभयो ।

आइतबार, ०४ असोज, २०७७, साँझको ०७:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर