तीन जना साहित्यकारलाई सम्मान गरिने

विराटनगर । विराट साहित्य संगमले तीन जना साहित्यकारलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ ।

सम्मानित हुनेहरुमा साहित्यकार खेमराज खनाल, भगवती पाण्डे र सरला चापागाईं रहेका छन् ।

खनाललाई विराट साहित्य संगम सम्मान पुरस्कार, पाण्डेलाई यमुनादेवी–वैजनाथ भट्टराईस्मृति विसस पुरस्कार र चापागाईंलाई राधादेवी स्मृति विसास पुरस्कार प्रदान गर्ने निर्णय गरेको विराज साहित्य संगमका सचिव गोपाल निर्भीकले बताउनु भयो ।

यमुनादेवी र राधादेवी पुरस्कारको राशी ११ हजार रुपैयाँ रहेको छ । खनाल र पाण्डेलाई यही असोज २४ गते मासिक साहित्य गोष्ठीमा सम्मान गरिने भएको छ भने चापागाईंलाई कार्तिक २ गते सम्मान गर्ने निर्णय भएको निर्भीकले बताउनु भयो ।

शनिबार, ०३ असोज, २०७७, साँझको ०७:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर