वीपीको कोभिड अस्पतालमा अर्का संक्रमितको मृत्यु

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको बुधबार बिहान ६ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार भदौ २८ गते कोरोना पोजेटिभ देखिएका उनलाई स्वास्थ्यमा समस्या बढेपछि भदौ ३० गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृगौलामा समस्या भएका कारण उनी नियमित डाइलसिस गराइरहेका थिए ।

हप्तामा दुई पटक डाइलसिस गर्ने युवकमा उच्च रक्तचापको पनि समस्या थियो । योसगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ५१ पुगेको छ । तीमध्ये १४ जना प्रदेश २ का छन् ।

बुधबार, ३१ भदौ, २०७७, बिहानको १०:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर