विराटनगर । रक्तक्यान्सरबाट पीडित पत्रकार कमल पौडेलको उपचारका लागि रंगेलीका सुनिल पौडेलले १५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
रंगेलीस्थित भानु मेमोरियल एकेडेमीका प्रिन्सिपल पौडेलले सो रकम नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिका महासचिव विवेक गौतम र मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेललाई बुधबार हस्तान्तरण गर्नुभयो ।
पौडेलबाट प्राप्त भएको रकम बुधबार नै विराटनगरस्थित प्राइम बैंकको पत्रकार कमल पौडेल उपचार कोषमा दाखिला गरिएको छ । कोषमा अहिलेसम्म १ लाख ३ हजार रुपैयाँ रकम जम्मा भएको छ । पत्रकार पौडेलको उपचारमा सहयोग गर्न नेपाल पत्रकार महासंघले सबैमा अपिल गरेको छ ।