धरानमा ‘ज्वाँइ खाना’, सालीहरुले सर्भ गर्ने

धरान । खाडी मुलुक साउदी अरब पुगेर फर्किएका सिन्धुपाल्चोकमा जन्मेका हरि श्रेष्ठले सुनसरीको धरानमा ‘ज्वाँइ खाना’ सञ्चालनमा ल्याउनुभएको छ ।

निकै नै स्वादिष्ट परिकार मनपराउने श्रेष्ठले धरानका होटेल तथा रेष्टुरेन्टमा आफ्नो जिब्रोले चाहे अनुसारको खानाको स्वाद नपाएपछि ज्वाँइ खाना सञ्चालनमा ल्याउनुभएकोहो ।

धरान १० पुतलीलाईन स्थित सञ्चालन गरिएको डि–माण्डु मःम ले घरायसी मसलाको स्वाद दिने हेतुले ज्वाँइ खानाको कन्सेप्ट ल्याएको हो । करिब ३० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको ज्वाँइ खानामा घरायसी मसलाको स्वाद ग्राहकहरुलाई दिइनेछ ।

घरायसी मसलाको प्रयोगले नेपाली खानाको परम्परागत स्वाद र नेपालीपन झल्किने भएकोले यो कन्सेप्ट ल्याएको सञ्चालक श्रेष्ठले बताउनुभयो । घरायसी मसला काठमाडौमा तयार हुने र सिलौटामा पिसेरै बन्ने उहाँको भनाइ छ ।

‘नाम अनुसारको नै सेवा दिइन्छ’ श्रेष्ठले भन्नुभयो, ‘विशेषतः परम्परालाई जीवन्त राख्न परम्परागत खाना नै पस्किने कोसिस गरेका हौं ।’ श्रेष्ठको भनाई अनुसार ज्वाइँ खानाको जुन नाम जुराइयो त्यहीअनुसार हस्पिटालिटीको व्यवस्था रहेको छ । त्योसँगै त्यहाँ काम गर्नै वेटरहरुले पनि सालीहरू जस्तै ग्रहकहरुलाई सतकार गर्ने उहाँले बताउनुभयो । त्यहाँ कार्यरत ११ जना कर्मचारीहरुले साली सहर नै सेवा दिने उहाँले बताउनुभयो ।

होटलहरूमा प्याकेटको मसला बढी प्रयोगमा आइरहेको र परम्परागत स्वाद हराउँदै गएको बुझेका श्रेष्ठले त्यसलाई मध्यनजर गरेर पनि ज्वाईखाना ल्याएको बताउनुभयो । ज्वाई खानाको अर्को बिशोषता भने खाना पनि खाना परम्परागत भाडो र कराईमा पकाइने छ ।

खानाको मेनु पनि सबै पारिवारिक छन् । मित ज्वाँइ खाना, भान्जी ज्वाँइ खाना, बहिनी ज्वाँइ खाना, छोरी ज्वाँइ खाना, ज्वाँइ राजा खाना र ज्वाँइ साहेब खाजा सेट गरि ६ वटा परिकार त्यहाँ पाइनेछ । ज्वाई खानामा पलेटी, लाउन्जर डाइनिङ गरी ३ सेक्सन राखिएको छ । पलेंटीमा, भुईमा, लाउन्जमा सोफामा र डाइनिङ बाँसको कुर्सीमा बस्न सकिने व्यवस्था छ ।

ज्वाँई खाना भोक लाग्यो डटकममार्फत अनलाईन डेलिभरीको सेवासमेत प्रदान गरिएको श्रेष्ठले बताउनुभयो । डेलिभरी पार्टनरका रुपमा रहेको भोकलाग्यो डटकमले ज्वाँइ खाना डेलिभरी गर्ने भोक लाग्यो डटकमका सञ्चालक नरेन कुलुङले बताउनुभयो ।

डेढ वर्षदेखि डि काठमाडौं मःम पसल सञ्चालन गर्दै आउनुआएका श्रेष्ठले डि माण्डु मःम नामकरण गरी ज्वाँई खाना पनि सञ्चालनमा ल्याउनुभएको हो ।

बिहिबार, १५ फागुन, २०७६, बिहानको ०८:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर