दम्पत्तीको सामूहिक आत्महत्या

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा भर्खरै विवाह गरेका श्रीमान श्रीमतीले आत्महत्या गरेका छन् ।

रामप्रसाद राई गाउँपालिका ५ नम्बर वडा स्थित माने भञ्ज्याङका २३ वर्षीय दिलकुमार बुढाथोकी र २७ वर्षीय श्रीमती सम्झना राई (बुढाथोकी)ले घरनजिकैको खनिउको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

दोस्रो विवाह गरेका दुबैले परिवार र आमा बुबाका लागि केहि गर्ने इच्छा हुँदाहुँदै पनि केहि गर्न नसकिएकोले आत्महत्या रोजेको उल्लेख गरिएको आत्महत्या गर्न अघि लेखेको सुसाइड नोट घटना स्थलमा भेटिएको गाउँपालिका अध्यक्ष विजय राईले जानकारी दिनुभयो । दुबैले आपसी सहमतिमा प्रेम गरेर दोस्रो विवाह गरेका थिए । सम्झनाको जेठा श्रीमानतर्फ एउटी छोरी छन् ।

गाउँपालिका अध्यक्ष राईले उनीहरुले लेखेको सुसाइड नोटका आधारमा केहि आन्तरिक तनावमा दुबैले आत्महत्या भएको हुनसक्ने बताउनुभयो । दुबैको शबलाई पोष्टमार्टमपछि दाहसंकार गरिएको राईले जानकारी दिनुभयो ।

बुधबार, १४ फागुन, २०७६, रातीको ०८:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर