विराटनगर । सिरहामा दुई दिनको अवधिमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्य भएको छ ।
सिरहाको मिर्चैया नगरपालिका– ५ का ६२ वर्षे र गोलबजार नगरपालिका– ३ जमदहका ७७ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।
मिर्चैयामा ग्याँस व्यवसाय सञ्चालन गर्दै आएका ६२ वर्षे पुरुषको उपचारका क्रममा गएराति जनकपुरस्थित प्रादेशिक अस्पतालमा र गोलबजारका ७७ वर्षीय पुरुषको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको प्रमुख यादवले बताउनुभयो ।
मधुमेह र निमोनियाबाट ग्रसित ७७ वर्षीय पुरुषलाई उपचारका लागि काठमाडौँ पु¥याएर कोरोना जाँच गर्दा पोजेटिभ देखिएको थियो । योसँगै सिरहामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।