खानीडाँडामा अब नियमित उडान

खोटाङ । खोटाङको मनमाया राई खानीडाडा विमानस्थलमा मंगलबार नेपाल वायुसेवा निगमले परीक्षण उडान भरेको छ ।

खानीडाँडास्थित मनमाया राई विमानस्थल कालोपत्रेपछि मंगलबार परीक्षण उडान भरिएको छ ।

विमानस्थलमा नेपाल वायुसेवा निगमले शनिबार र मंगलबार नियमित उडान भर्ने तालिका बनाएको छ । विमानस्थल कालोपत्रेका लागि करिब २ वर्षदेखि उडान बन्द गरिएको थियो । कालोपत्रेको काम सकिएपछि परीक्षण उडान भरिएको हो ।

अब सातामा दुई दिन नियमित उडान भरिने वायु सेवा निगमका निर्देशक दीपुराज जुहारले जानकारी दिनुभयो । खानीडाडामा आयोजित कार्यक्रमका प्रदेशसभा सदस्य रामकुमार राईले विमानस्थलले पहाडका जनताको प्रत्यक्ष रुपमा फाइदा र्पुयाउने भएकाले बढीभन्दा बढी नियमित उडान भर्नुपर्ने माग गर्नुभयो ।

अर्का प्रदेशसभा सदस्य उषाकला राईले जनताको सेवाका लागि आफूहरुले जग्गा दिएको र उक्त जग्गामा निर्माण गरिएको विमानस्थल जनताको सेवामा उपयोग हुनुपर्ने बताउनुभयो । नागरिक उड्ड्यन प्राधिकरणले ५ करोड ३० लाख रुपैयाँ खर्च गरेर निर्माण गरको हो ।

मङ्गलबार, १३ फागुन, २०७६, रातीको १०:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर