धरान । विमल घर्ती मगरको ह्याट्रिकसगै ए डिभिजन लिग बिजेता मच्छिन्द्र क्लब काठमाडौं सुनसरीको धरानमा जारी बुढासुब्बा गोल्डकपको सेमिफाइनमा प्रवेश गरेको छ ।
धरान १६ स्थित धरान रंगशालामा जारी २२ आंै बुढासुब्बा गोल्डकपको मंगलबारको खेलमा बिमलले पहिलो ह्याट्रिक गर्दा मच्छिन्द्र क्लब विदेशी टिम भारतको सण्डे एफसिमाथि हाबी भएको थियो ।
मच्छिन्द्रले भारतको सण्डे एफसी कोलकत्तालाई ६–१ गोलअन्तरले पराजित गरेको हो । खेलमा बिमल घर्ति मगरले खेलको २१ औं, ८० औं र ८७ औं मिनेटमा गोल गरेका थिए भने विशाल राईले खेलको २८ औं र ७४ औं मिनेटमा गरी २ गोल गरेका थिए । त्यस्तै मच्छिन्द्रकै रेजिन सुब्बाले एक गोल गरेका थिए ।
सण्डेएफसिका तर्फबाट सब्टिच्युट खेलाडी सञ्जीव बौरीले मैदान प्रवेश गरेलगत्तै ८३ औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए । उनी आफ्नो टीममा खेलाडीहरुमध्येका सब्सीच्युट खेलाडी हुन् । उनले करिब ३० यार्डको दुरीबाट प्रहार गरेको फ्रिकिकले जाली चुमेको थियो ।
सञ्जीवले गरेको फ्रिकिक गोल खेलको उत्कृष्ट गोल घोषित भएको थियो भने उनले ५ हजार पुरस्कार पाए । खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका विमल घर्ति मगर घोषित भए । उनलाई नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।
प्रतियोगिताको बुधबार हुने पहिलो सेमिफाइलनमा भारतको युके एफसी र मनाङ मस्र्याङ्दीबीच हुनेछ । मच्छिन्द्र क्लबले सेमिफाइनलमा नेपाल पुलिस क्लब काठमाडौसँग बिहीबार खेल्नेछ ।
फागुन १० गतेदेखि सुरु भएको प्रतियोगितामा २ विदेशी सहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १० हजार लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार जित्नेछन् ।